शुक्रबार, वैशाख ७, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता अरुण जेटलीको शनिबार दिउँसो १२ बजे निधन भएको छ। ६७ वर्षका जेटली श्वासप्रश्वासमा समस्या भएपछि गत दुई सातादेखि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत थिए। नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा अर्थमन्त्री रहेका जेटलीले प्रधानमन्त्री मोदीलाई पत्र पठाएर स्वास्थ्यका कारण आफूले सरकारमा कुनै पनि जिम्मेवारी सम्हाल्न नसक्ने बताएका थिए।

२. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले लिएको ब्यापार सम्बन्धी पछिल्लो कदमका विरुद्ध बोल्दै अमेरिकाले छिट्टै निर्णयक कदम चाल्ने बताएका छन्। ट्रम्पले अमेरिकी कम्पनीहरुलाई चीन छाड्न आग्रह पनि गरेका छन्। उनले भने, ‘हामीलाई चीन जरुरी नै छैन। ईमानदारीपूर्वक भन्ने हो भने चीनसँगको ब्यापार साझेदारी बिना पनि अमेरिकाले निकै प्रगति गर्नेछ।’  

३. श्रीलंकामा ईस्टर पर्वका दिन भएको एक आतंककारी हमलापछि सरकारले विभिन्न आपतकालीन निर्णय लिएको विरोध भएको छ। तत्कालीन समयमा लगाइएको संकटकाल सकिएको अवस्थामा त्यही  घटनालाई लिएर आतंक फैलाउने काम गलत भएको भन्दै विरोध भएको हो। सरकारले हमलाका नाममा संकटकाललाई अनावश्यक बढाईरहने र त्यसबीच थुप्रै आपतकालीन निर्णयहरु लिने काम सिरिसेना सरकारले गरेको आरोप लागेको छ। 

४. सीरियापछि ईजरायलले इराकमा ईरान समर्थित अर्धसैनिक बलले प्रयोग गर्ने एउटा हातहतियार भण्डारण केन्द्रमा बम हमला गरेको छ। अमेरिकी अखबार न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार गत महिना ईजराएलले उत्तरी बगदादस्थित एक हतियार भण्डारण केन्द्रलाई निशाना बनाएको थियो।   

५. रूसी महासंघले विश्वमै पहिलो पटक जलमा तैरिन सक्ने एक आणविक रिएक्टर प्रक्षेपण गरेको छन्। रुसको यस कदम विरुद्द पर्यावरणविदहरुले घोर भत्र्सना गरेका छन्। रुसले हिजो शुक्रवार उक्त रिएक्टरलाई उत्तरी ध्रुव तर्फ पठाएको थियो। आणविक इन्धन जडित उक्त रिएक्टरलाई एल्काडेमिक लोमोनोसोच नाम दिइएको छ। जसलाई रुसको मुरमांस्कस्थित आर्कटिक बंदरगाहबाट उत्तर–पूर्वी साइबेरियातर्फ पाँच हजार किलोमीटरको यात्राका लागि पठाइएको हो।

६. बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन्। उक्त वार्ताका क्रममा उनले परराष्ट्र मामिला र विश्व ब्यापारमा हाल देखिएका चुनौतीहरुलाई हल गर्नेबारे चिन्तन भएको स्रोतको दाबी छ। जी सेभेनको शिर्ष बैठकअघि भएका यस प्रकारका वार्ताहरुलाई रणनीतिक महत्वका साथ हेरिने गरिन्छ।    

७. क्यानाडाको ओटावास्थित चिनियाँ दुतावासले चिनियाँ सूचना प्रविधी कम्पनी हुवाबेइकी वित्तिय कार्यकारी प्रमुखको बिना शर्त रिहाईका लागि क्यानाडा र अमेरिका समक्ष अनुरोध गरेको छ। 

८. अमेरिकी ब्यापारिक समूहहरुले हाल जारी अमेरिका–चीन ब्यापार युद्धलाई चाँडो भन्दा चाँडो अन्त्य गरी ब्यापारलाई सहजता प्रदान गरिदिन अनुरोध गरेका छन्।  हाल चीनले अमेरिकी वस्तुउपर थप करको भार थोपरेपछि अमेरिकाले पनि चिनियाँ वस्तु उपर उत्तिकै अनुपातमा कर लगाई दिएपछि दुई मुलुकबीच थप तनाव उत्पन्न भएको छ।


९. ईरानी विदेश मन्त्रीले ईरान र फ्रान्स बिच भएको आणविक सम्झौताबारेको वार्ता रचनात्मक भएको बताएका छन्। उनका अनुसार उक्त वार्ताले ईरानी आणविक सम्झौतालाई ब्युँझाउने र सरोकारवाला सबैमा थप आशा जगाउने बताएका छन्। 

१०. जापानी सञ्चार गृहहरुले उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण अनवरतरुपमा गरिरहेको र यो खतरनाक अवस्थामा पुगेको बताएका छन्। यस क्रमलाई नरोक्ने हो भने क्षेत्रीय शक्ति असन्तुलन हुन सक्ने विज्ञहरुले दाबी गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।