काठमाडौं । हिन्दु महिलाहरूले पतिको दीर्घायुका लागि हरितालिका तीजको व्रत बस्छन् । पतिलाई भगवानको दर्जा दिन्छन् । यस अर्थमा पतिको पूजा गर्नु हिन्दू महिलाहरूका लागि आम कुरा हो ।
तर, हालै भारतको इन्दौरमा ‘पत्नी पूजन समारोह’ आयोजना गरिएको छ । जनता दल युनाइटेडका राज्य परिषद् सदस्य राकेश सिंहले आफ्नो फेसबुकमार्फत् यसबारे उल्लेख गरेका छन् । उनका अनुसार समारोहमा पतिले आफ्नी पत्नीको पूजा गरेर आशीर्वाद लिएका छन् । र, पत्नीको दीर्घायुको कामना गरेका छन् ।
समारोह इन्दौरको विकसित, समझदार, सुखी समाजले आयोजना गरेको हो ।
सिंहले आफ्नो फेसबुक स्टाटसमा यो कामको समर्थन गरेका छन् । उनले लेखेका छन्, ‘के प्रत्नीले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुका लागि उपवास तथा व्रत बस्ने हो, पतिको पत्नीका लागि केही दायित्व हुँदैन ?’