बुधबार, वैशाख १२, २०८१

दिनमै १५ आत्महत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशीत अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई आफ्नो प्राथमिकतामा पारेका छन्। 

नयाँ पत्रिका दैनिकले एक दिनमै सरदरमा १५ नेपालीले आत्महत्या गर्ने गरेको विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ भने कान्तिपुरले आवासीय क्षेत्रमा मात्र घर शिर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै नागरिकले बालगृहका नाममा ठगी धन्दा शिर्षकको समाचारलाई प्राथमिकतामा पार्दा अन्नपूर्ण पोष्टले भने नेपालको कानुनले बीस वर्ष नपुगि विवाह गर्न नपाइने भनेपछि अधिकांश मधेशी समुदायले भारतमा बिहे गर्ने गरेको समाचालाई  कलिलैमा भारतमा बिहे शिर्षक दिएर समाचार प्रकाशन गरेको छ। 

दिनमै १५ आत्महत्या शिर्षकमा नयाँ पत्रिका लेख्छ, देशमा आत्महत्याको ग्राफ बढ्दो छ। हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढिरहेको देखिन्छ। प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर १५ नेपालीले आत्महत्या गर्ने गरेका छन्। पछिल्लो चार वर्षमा मुलुकभर २० हजार नौं सय ६७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। यो संख्या आपराधिक क्रियाकलापबाट हुने कुल मृत्युको ४५ प्रतिशत हो। कोही प्रेममा धोका पाएको पीडा सहन नसकेर झुन्डिएका छन् भने कसैले भ्रष्टाचार आरोप खेप्न नसकेर पनि विष सेवन गरेका छन्। 

आर्थिक वर्ष ०७२/७३ मा ४ हजार ७ सय ५ जनाले आत्महत्या गरेका छन् भने ०७३/७४ मा ५ हजार १ सय ३१ जनाले आत्महत्या गरेका छन्। यस्तै ०७४/७५ मा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गर्दा यो संख्या आर्थिक वर्ष ०७५/७६ मा बढेर ५ हजार ७ सय ८५ पुगेको छ। 

प्रहरी प्रवक्ता विश्वराज पोखरेलले आत्महत्याको प्रमुख कारण नै डिप्रेशन भएको बताएका छन्। उनले पीडा व्यवस्थापन गर्न नसक्ने डिप्रेशनमा जाने र पछि गएर उसको जीवनप्रतिको मोह नै हराउने हुँदा आत्महत्याको बाटो रोज्ने गरेको बताए। 

यस्तै कान्तिपुर जग्गालाई १० प्रकारमा वर्गीकरण गर्न विधेयक : आवासीय क्षेत्रमा मात्र घर शिर्षकमा लेख्छ, सरकारले मुलुकभरको जमिन १० प्रकारमा वर्गीकरण गरी कृषि, औद्योगिक, तथा व्यावसायिक क्षेत्र, ठूला विकास परियोजनाको विकास र प्रवर्द्धनको उद्देश्यले भू–उपयोग विधेयक संघीय संसदमा पेश गरेको छ। काठमाडौं उपत्यका, तराई–मधेश तथा पहाडी इलाकाका समथर भूमि सहरीकरणका नाममा मासिने क्रम बढेपछि सरकारले बाँकी जमिन कृषि, व्यावसायिक र औद्योगिक क्षेत्र, ठूला परियोजनालगायतका लागि संरक्षण गर्न विधेयक ल्याएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।