मंगलबार, वैशाख ४, २०८१

गौरामय सुदूरपश्चिम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - सुदूरपश्चिम यतिबेला गौरामय बनेको छ । यहाँको मुख्य पर्व गौरा गाउँ तथा सहरमा हर्षोल्लासका साथ मनाइँदै छ। गौरापर्वको मुख्य दिन शुक्रबार दुर्गाष्टमी अर्थात् अठ्यावालीलाई व्रतालु महिलाहरूले पूजा अर्चना गरी मनाएका छन्। बिहीबार साँझ गौराघरमा भित्र्याएको गौरालाई निराहार व्रत बसेका महिलाहरूले शुक्रबार गौरा खला अर्थात आँगनमा लगेर पूजा गर्ने प्रचलन छ।

व्रतालु महिलाहरूले दिनभर फाग गाएर बिरुडा र विभिन्न पाँच थरीका अन्नले गौरादेवीको पूजा गर्ने गरेको धनगढीको गौरा महेश्वर मन्दिरका पुजारी पुष्पराज अवस्थीले बताए। उनले बिहीबार साँझ गौरादेवीमा चढाएको दुबोधागो शुक्रबार महिलाहरूले धारण गरेको समेत जानकारी दिए। तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरूले दुबोधागो धारण गर्ने गर्दछन्।



गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा लग्ने गरिन्छ। सोही खलामा महिलाहरूले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसङ्ग व्रतालु महिलाहरूले फागमार्फत नै भन्ने गरेका छन्। व्रतालु महिलाहरूले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको दीर्घायुको कामना गर्दै टाउको पुज्ने प्रचलन रहेको छ। गौराको अवसरमा सुदूरका गाउँ तथा सहरमा न्याउले खेल खेलेर रमाईलो भैरहेको छ।

 
धनगढीमा आर्जुको पहिलो गौरा 

यसैबीच पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेतृ डा. आर्जु राणा देउवाले यसवर्ष पहिलो पटक धनगढीमा गौरा पर्व मनाएकी छन्। धनगढी उपमहानगरपालिका– ४ स्थित आफ्नै निवासमा आर्जुले शुक्रबार गौराको व्रत बसि बिधिपूर्वक पूजा अर्चना गरीन्। 

सो अवसरमा उनले स्थानीय महिलासँग देउडासमेत खेलिन् । संचारकर्मीसँग कुरागर्दै उनले आफू विगतमा पनि काठमाणडौंमा गौराको व्रत बसि पूजागर्दै आएको र यसवर्ष पहिलो पटक धनगढीमा गौरा मनाउँदा निकै रमाइलो महसुस भएको बताइन्।











प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।