काठमाडौं- मलेसियन लिग विजेता क्लब जोहार डारुल टाजिमसँगै मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार २३ सदस्सिय टोलीको विदाई गरेको हो ।
आउँदो सोमबार एक मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गर्नेछ । यस खेलमा नेपाली टोलीको कप्तानी सुजल श्रेष्ठले सम्हाल्ने छन् । नियमीत कप्तान विराज महर्जन र उपकप्तान किरण चेमजोङ टोली बाहिर रहेका कारण कप्तानी सुजलले सम्हाल्ने छन् ।
विराज फिटनेसको समस्याका कारण टोलीमा नपरेको मुख्य प्रशिक्षक योहान कालिनले जनाएका छन् । त्यस्तै किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् भने रोहित इन्डोनेसियाको लिगमा व्यस्त रहेका छन् ।
कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४