बिहीबार, वैशाख १३, २०८१

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए। “बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, मौसमविद् पौडेलले भने। 

मनसुनी प्रणालीसँगै स्थानीय वायु पनि सक्रिय हुँदा मेघगर्जन, हावाहुरी र चट्याङ वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ । हाल देशका मध्य र पूर्वीका अधिकांश भू–भागमा र पश्चिमका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति देशका पूर्वी भू–भागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानका र पश्चिका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

शनिबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली र मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसमपूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन/चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै देशका एक–दुई स्थानमा भारी वर्षको सम्भावना रहेकाले जसले गर्दा चुरेबाट बहने खोलाको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।