बुधबार, वैशाख ५, २०८१

प्रयोगशालाले रक्त परीक्षण रिपोर्ट गलत दिएपछि…

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी– धनगढी उपमहानगरपालिका-२ की १८ वर्षीया कल्पना खत्रीलाई टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि साउन २८ गते धनगढीको नवजीवन अस्पतालमा भर्ना गरियो।

अस्पतालले कल्पनाको 'ब्रसेलोसिस' जाँचका लागि धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरमा रगतको नमूना पठायो।

भोलिपल्ट साउन २९ गते प्राप्त रिपोर्टमा उनलाई गाई-गोरुमा हुने क्षयरोग 'ब्रसेलोसिस' पोजेटीभ देखायो। 

अस्पतालमा सोही अनुसार कल्पनाको उपचार भयो तर, निको हुनुको सट्टा  समस्या झन्झसन्भ जटिल हुन थाल्यो। औषधि सेवन गर्दा समस्या झन बढेपछि धनगढीकै लाइफलाइन फेरि रगत परीक्षणका लागि पठाइयो। त्यहाँको प्रयोगशालाले 'ब्रसेलोसिस' नरहेको रिपोर्ट दिएको कल्पनाकी आमा राधिका खत्री बताउँछिन्। 

त्यसपछि फेरि रगतको नमूना पहिले परीक्षण गरिएकै धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरमा पठाउँदा पनि रिपोर्ट  नेगेटीभ नै आयो। 

धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरले हुँदै नभएको रोग देखाएर गलत उपचार गर्दा झण्डै छोरीको ज्यान जोखिममा परेको राधिका बताउँछिन्। 

उनी भन्छिन्, 'सामान्य ज्वरोको समस्या रहेछ,  गलत रिपोर्टकै कारण ४० हाजर रुपैयाँ भन्दा  बढी खर्च भयो।'

उता ब्रसेलासिस सरुवा रोग भएको भन्दै नवजीवन अस्पतालका चिकित्सकले रातिको समयमा बिरामीलाई बाहिर लैजान भनेर दुर्व्यवहारसमेत गरेको राधिकाको आरोप छ। 
डिप्लोमा अध्ययनका लागि प्रवेश परिक्षाको तयारीमा जुटेकी कल्पनाले गलत उपचारका कारण आफूले शारीरिक र मानसिक समस्या झेल्नु परेको बताउँछिन्। 

बैतडीकी पत्रकार त्रिप्ती शाही हप्ता दिनसम्म ज्वरो आइरहेपछि साउन ३० गते राति धनगढीको नवजीवन अस्पतालमा भर्ना भइन्। 

अस्पतालका डाक्टर उत्सव अधिकारीले उनलाई पनि ब्रसेलोसिस भएको शंका गरे। धनगढी डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा उनको रगत परीक्षण गर्दा उनलाई पनि ब्रसेलोसिस भएको रिपोर्ट आयो। 

प्रयोगशालाको रिपोर्टमा शंका लागेर शाहीले धनगढीकै अर्को प्रयोगशालामा फेरि रगत जाँच गराउँदा भने ब्रसेलोसिस नभएको पुष्टि भयो। 

त्यसपछि उनले फेरी पहिलेकै धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरमा नाम परिवर्तन गरेर रगत जाँच गराइन्। यसपटकको रिपोर्ट उनको पनि निगेटिभ नै आयो। 

उनको उपचारमा संलग्न डाक्टर सुभेषराज कायस्थले उनलाई भाइरल ज्वरो आएको भन्दै औषधि दिएर पठाए। अहिले त्रिप्तीलाई सञ्चो भइसकेको छ। 

धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरका सञ्चालक समिति अध्यक्ष मीनबहादुर धामीले आफूहरुबाट गल्ती भएको स्वीकार गरे। 

उनले भने, 'जानाजान गलत रिपोर्ट दिने कुरा आउँदैन तर, परीक्षण गर्ने किटमा समस्या रहेछ।' 

वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थका अनुसार हिमाली भेगमा चौरी चराउने व्यक्ति, पहाडमै गाई-गोरुसँग बढी बस्ने व्यक्ति,  संक्रमित गाईको दूध दही खाएका व्यक्ति वा पशु चौपायाको बध गर्नेलाई 'ब्रसेलोसिस' हुनसक्छ। उनी भन्छन, 'अहिले गुणस्तरहीन किटका कारण रिपोर्ट ठिक आइरहेका छैनन्।' 

क्षयरोग, हेपाटाइटीस बी, मलेरिया, कालाजर, एचआइभीजस्ता लामो समयसम्म उपचार गर्नुपर्ने रोगको जाँचका लागि गुणस्तरहीन किटको प्रयोग भइरहेको उनको भनाई छ।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।