बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राजाको नाममा राजनीति गर्ने लोप हुनेछन् : सञ्चार मन्त्री

राजाको नाममा राजनीति गर्ने लोप हुनेछन् : सञ्चार मन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजा फर्काउने नाममा राजनीति गर्नेहरुको अवस्था लोप हुने ठोकुवा गरेका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले देशमा राजा कुनै पनि हालतमा नर्फिने दाबी गरे।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजाको विषयमा चर्चा भएको थियो। प्रधानमन्त्री ओलीले गणतन्त्र विरोधीहरु सलबलाएको भन्दै गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गरेका थिए।

सोही विषयमा सोधिएको प्रश्नमा सरकारका प्रवक्ता बास्कोटाले भने, ‘राजाको नाममा राजनीति गर्नेहरु डाइनोसर हुनेछन्। कुनै पनि हालतमा राजा फर्किदैन। लोकतन्त्र नेकपाले मात्र ल्याएको होइन। लोकतन्त्र सबैले ल्याएको छ। त्यसैले यस्ता कुरामा सबै एक ठाउँ हुनु पर्छ।’

पूर्व युवराज पारश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि गरेको दुव्र्यवहारको विषयमा मन्त्री बास्कोटाले भने, ‘कानून भन्दामाथि कोही होइन। कारबाही हुन्छ।’

यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका विषयमा मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीलाई अर्को औषधि चलाइएको छ। दश वर्ष पहिले दिइएको औषधिभन्दा फरक अषौधि दिइएको हो। यो औषधिको साइट इफेक्ट हुन्छ कि भन्ने कुराको चेकजाँच हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।