मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : नामाकरण र राजधानीको प्रस्ताव दर्ता हुँदै, होला त सहमति?

प्रदेश २ : नामाकरण र राजधानीको प्रस्ताव दर्ता हुँदै, होला त सहमति?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – कार्यान्वयनमा आएको भण्डै डेढ वर्षपछि बिहीबार प्रदेश २ को नामाकरण र राजधानीको प्रस्ताव दर्ता हुँदै छ। संशोधित प्रदेशसभा सञ्चालन कार्यविधिअनुसार प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव दर्ता हुन लागेको हो।

यतिका दिनसम्म प्रदेश सरकारले नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव ल्याउन नसकेपछि कार्यविधी संशोधन गरेर प्रदेशसभाबाटै प्रस्ताव ल्याउने सहमति केही दिनअघि भएको थियो। उक्त सहमतिअनुसार बिहीबार साँझ ५ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताको समय तोकिएको छ।

प्रदेशको नामाकरण र राजधानीको प्रस्ताव दर्ताको समय नजिकिँदै गएपछि दलहरुको आन्तरिक र द्विपक्षीय बैठक बाक्लिएको छ । नाम र राजधानीमा सहमति जुटाउन नेपाली कांग्रेस र राजपाबीच दुई चरणको बैठक भइसकेको बताइएको छ।
 
यसैगरी बुधबार बसेको राजपाको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीबारे औपचारिक निर्णय नै गरिसकेको छ। राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ राख्ने संसदीय दलले निर्णय गरेको जनाए । जनकपुरका साथै धनुषा जिल्ला तथा महोत्तरीको मिथिला मध्यमा परिक्रमा क्षेत्र समावेश गरेर राजधानी तोक्ने आफूहरुको निर्णय रहेको उनले बताएका छन् ।

यता प्रतिपक्षी दल नेपाली कांग्रेसले भने राजधानीको प्रस्तावमात्र दर्ता गराउने तयारी गरेको बुझिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले आफूहरुले ‘जनकपुरधाम’ लाई राजधानी तोक्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्ने जानकारी दिए। मिथिलाबिनाको नामाकरण नमात्रे अडानमा रहेको कांग्रेसले प्रदेशको नामसम्बन्धी प्रस्ताव पारित हुने सम्भावना नरहेको भन्दै दर्ता भएका प्रस्तावमा संशोधन हाल्ने उसको योजना छ। यद्यपि दलहरुसँग निरन्तर छलफल चलिरहेकोले नामाकरणमा समेत सहमति जुट्ने सम्भावना नकार्न नसकिने कांग्रेस संसदीय दलका नेता यादव बताउँछन्।

यता अहिले केही बेरपछि सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टी नेपालकोसमेत बैठक बस्दै छ। समाजवादी पार्टी सुरुदेखि ‘मधेश प्रदेश’ नाम राख्ने पक्षमा उभिएपनि बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ। यसैगरी राजधानीको सवालमा समाजवादी पार्टीपनि जनकपुरकै पक्षमा रहेको पार्टी स्रोतले बतायो ।

यसैगरी प्रदेशको नाम र राजधानीको प्रस्तावबारे अन्तिम टुंगो लगाउन आफूहरुको बैठक बसिरहेको नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले बताए ।

शीर्ष नेतालाई जिम्मा दिने तयारी

प्रदेशको राजधानी जनकपुरलाई तोक्नेबारे दलहरु एकमत रहेपनि नामाकरणमा बल्झिएको गाँठो अझै फुकेको छैन। प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी दल कांग्रेस मिथिलाबिनाको नामाकरण स्वीकार्ने पक्षमा देखिएका छैनन् भने सत्ताधारी समाजवादी पार्टी र राजपा नेपालको मधेश प्रदेशको अडान कायमै छ ।

दलहरुबीच नामाकारणमा देखिएको गाँठो फुकाउन सबैले लचकता अपनाउनुको विकल्प छैन। किनभने प्रस्ताव पारित गराउन एक अर्काको सहयोगबिना दुई तिहाई संख्या कसैसँग छैन्।

‘सबै दल आ–आफ्नै अडानमा कायम रहे नामाकरणसम्बन्धी प्रस्ताव पारित नहुने निश्चित छ,’ राजपाका एक प्रदेशसभा सदस्यले भने,‘सहमति जुटाउन हामीपनि लचिलो बत्रुपर्छ र उहाँहरु पनि ।’ सबै दल एक ठाउँमा बसेर सहमतिमा नामबारे टुंगो लगाउनुपर्ने उनको भनाइ छ ।

प्रदेशस्तरमा नामबारे सहमति जुट्ने सम्भावना नदेखिए शीर्ष नेतालाई जिम्मेवारी दिने विकल्पबारेसमेत छलफल चलिरहेको बुझिएको छ । ‘हामी आफ्नो तहबाट सहमति जुटाउन प्रयासरत छौं,’ राजपाका ती नेताले भने, ‘कुनै कारणवश सहमति जुट्न नसके शीर्ष नेतालाई जिम्मेवारी दिनेबारे समेत छलफल चलेको छ।’ सबै दलका शीर्ष नेताहरुको छलफलबाट नामाकरणको टुंगो लगाउन सकिने उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।