बिहीबार, वैशाख १३, २०८१

भारतीय विदेशमन्त्री के गर्दैछन् नेपालमा ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेका छन् । उनले मन्दिर परिसरमा पारिजातको बिरुवा रोपेका छन् । 

उनले केहीबेरपछि शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सिष्टाचार भेट गर्दैछन् । 

उनी आजै दिउँसो ३ बजे स्वदेश फर्कदैछन् । 

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन जयशंकर बुधबार नेपाल आएका हुन् । 

उनले बुधबार के–के गरे ? 

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी 

राजधानी काठमाडौंमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको छ । बैटकमा नेपाल–भारतका समग्र विषय समेटिएका विभिन्न ८० बुँदामा माइनुट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । माइनुटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गरेका छन्।

बैठकमा भएका निर्णयबारे बिहीबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीसँग भेटवार्ता  

भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् । भेटमा दुईपक्षीय हित र समझदारीका विषयमा छलफल भएको बताइएको छ । 

जयशंकरले नेपाल भारतको प्राथमिकतामा रहेको र यहाँको राजनीतिक स्थायित्वसँगै विकास भारतको चाहना रहेको स्पष्ट पारेका थिए। प्रधानमन्त्री ओलीले भारतको उच्च नेतृत्वलाई आफूहरूले स्वागत गर्न तयार रहेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणको अपेक्षासमेत गरेको सन्देश पठाएका छन्।

जयशंकरले कश्मीर मामिलामा नेपालको समर्थन खोजेका थिए। तर प्रधानमन्त्री ओलीले नेपाल असंलग्न परराष्ट्र नीतिमै रहेकोमा जोड दिएका थिए।

परराष्ट्रमन्त्रीको रात्रिभोजमा सहभागी 

भारतीय पाहुनाको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोज आयोजना गरेका छन् । कार्यक्रममा भारतीय विदेशमन्त्री जयशंकर, नेपालका पूर्वपरराष्ट्रमन्त्री, विभिन्न दलका नेतालगायत सहभागी थिए । 

हुलाकी मार्गमा लागि १ अर्ब २९ करोड रकम हस्तान्तरण 

भारतले हुलाकी मार्ग स्तरोन्नति तथा निर्माणका लागि नेपाललाई १ अर्ब २९ करोड रकम हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

तराईको सडक स्तरोन्नतिका लागि भारतले नेपाललाई आठ अर्ब रुपैयाँ सहयोग गर्ने बाचा गरेको थियो। सोहीअनुरूप जयशंकरले किस्ताका रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।