शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशमा कार्यरत घरेलु कामदार नेपाल आएर पुन: काममा फर्किन पाउने

विदेशमा कार्यरत घरेलु कामदार नेपाल आएर पुन: काममा फर्किन पाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ—  खाडी मलेशिया लगायतका मुलुकमा कार्यरत घरेलु कामदारलाई स्वदेश फर्किएर पुनः रोजगारीका लागि जान संसदीय समितिले बाटो खुला गरेको छ । 

यो व्यवस्था अन्तगर्गतको सुविधा पहिलेदेखि नै वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारले पाए पनि नयाँ कामदारले भने स्वीकृति पाउने छैनन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पहिलेदेखि नै स्वीकृति लिएर खाडी र मलेशियामा कार्यरत घरेलु कामदारहरु स्वदेश फर्किएर रोजगारदाता कहाँ आफू सुरक्षित रहेको भनि निवेदन दिएपछि उनीहरुलाई पुनः श्रम स्वीकृति दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

करिब चार वर्षअघि संसदीय समितिले खाडी तथा मलेसियामा घरेलु कामदार जान पूर्ण रोक लगाएसँगै त्यहाँ काम गरिरहेका घरेलु कामदारहरु फेरि जान नपाइने हुँदा विदाका बेला पनि घर आउन सकेका थिएनन् । 

समितिका सभापति विमल श्रीवास्तावले नेपाली दूतावासको सिफारीस भएपछि पुनः श्रम स्वीकृति दिन सकिने बताएका छन्। कामदार आफैंले विदेशमा सुरक्षित छु भन्ने प्रतिवद्धता गरेको र
त्यसमा विदेशस्थित नेपाली दूतवासले समेत सिफारिस गरेमा पुनः स्वीकृतिको व्यवस्था मिलाउने निर्णय भएको श्रीवास्तवले जानकारी दिए।

बैठकमा सांसदहरुले पुनः श्रम स्वीकृति बन्द हुँदा घरेलु कामदारले आफ्नो परिवार भेट्नबाट वञ्चित हुनुपरेको भन्दै खुलाउनुपर्ने माग गरेका थिए।

खाडीमा मात्रै पुरुष र महिला गरी कम्तीमा एक लाख ३९ हजार नेपाली घरेलु कामदार छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्