भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई रु.२ अर्ब ४५ करोड दिएको छ ।
भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूतले मञ्जिव सिंह पुरीले उक्त रकम पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई हस्तान्तरण गरेका छन् ।
नेपाल भारत संयुक्त आयोगको पाचौं बैठकमा सहभागी हुन आएका भारतीय विदेश मन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।
भारतले ०७२ को भूकम्पपछिको पुननिर्माणका लागि रु. १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो। यो रकम त्यसैमध्येको हो ।
यसैगरी, हुलाकी राजमार्ग निर्माणका लागि भारतले यसअघि जनाएको प्रतिबद्धताअनुसार नेपाल सरकारलाई रु। ८० करोड ७० लाख ७७ हजार दिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रमलगत्तै आयोगको बैठक शुरु भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४