मंगलबार, वैशाख ११, २०८१

रवि पत्नी निकिताको जाहेरी प्रहरीले लिन मानेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको उजुरी दर्ता गर्न काठमाडौँ प्रहरीले अस्वीकार गरेको छ ।

निकिता मृतक शालिकराम पुडासैनीको भिडियो किर्ते गरेको भन्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, भिडियो सार्वजनिक गर्ने नेपाल आज डटकमका सम्पादक संकेत कोइराला तथा चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लविरुद्ध जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त विषय आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रहेकोको भन्दै जाहेरी दर्ता गर्न इन्कार गरेको हो ।

नेपाल समयसँग कुरा गर्दै महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले भने शालिकराम पुडासैनीको आत्महत्या वा हत्याबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेकोले उक्त विषय काठमाडौंले हेर्न नमिल्ने बनाए ।

सुवेदीले भने, ‘उहाँहरूले दिएको उजुरी अनुसूची अन्तर्गत नपर्ने भएपछि हामीले उजुरी नलिएका हौँ । त्यो विषय चितवन प्रहरीले हेरिरहेकाले एउटा जिल्ला प्रहरीविरुद्ध अर्को जिल्ला प्रहरीले उजुरी लिन मिल्दैन । यो विषयको उजुरी चितवन प्रहरी वा प्रदेश प्रहरी मार्फत् दिनुपर्छ । हामीले त्यो बताएपछि उहाँहरु फर्किनु भएको छ ।’

गत साउन २१ गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका शालिकराम पुडासैनीले तयार पारेको भिडियो किर्ते गरेको भन्दै निकिता जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।