बुधबार, वैशाख १२, २०८१

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (Food for People) लाई जनता बैंकले दुई लाख रुपैयाँ सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त रकम सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमका बीच प्रेमसागर फाउण्डेसनका उपाध्यक्षडा. प्रेमराज ढुङ्गेललाई उक्त रकम हस्तान्तरण गरिएको हो। प्रेमसागर फाउण्डेसनद्वारा संचालित जनभोजन कार्यक्रमले दैनिक पाँच सय बालबालिका र करिब एक सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खानखुवाउँदै आएको छ।

साथै धादिङ र मकवानपुरका केही विद्यालयका करिब १५ सय बालबालिकालाई दिवाखाजाको कार्यक्रम संचालन गर्दै आएको छ। दैनिक करिब ५० हजार रकम बराबरको बिहानीखाना र दिवाखाजाको कार्यक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट चार दिन बराबरको खाना तथा खाजा सहयोगबापत उक्त रकम सहयोग गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्