काठमाडौं- नेपाली युवा फुटबल टोलीले भारतमा जारी साफ यु-१५ फुटबल च्याम्पियनसिपमा घरेलु टोलीसँग लज्जास्पद हार व्यहोरोको छ । बुधबार भएको खेलमा नेपालले आयोजक भारतसँग ५-० को लज्जास्पल हार व्यहोरेको हो ।
घरेलु मैदानमा भारतका लागि खेलको छैटौं मिनेटमा महेसनको गोल गर्दैै अग्रता यिदलाएका थिए । २४औं मिनेटमा शुभो पलले गोल गथर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफ सकिन दुई बाँकी हुन अनिस मजुम्डेरले गोल गर्दै पहिलो हाफमा नेपालाई ३-० ले पछि पारे ।
त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्दा टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरे । टाईसनले ४९ औं मिनेटमा गाृल गर्दा सिद्धार्थले ५६ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा भारतले नेपाललाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
अब नेपालले शुक्रबार श्रीलंकासँग खेल्दैछ । त्यसपछि २७ अगस्टमा बंगलादेश र २९ अगस्टमा भुटानसँग खेल्नेछ । ५ राष्ट्र सहभागी साफमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४