शुक्रबार, वैशाख ७, २०८१

रविकी पत्नी निकिताले दिइन् तीन जनाविरुद्ध जाहेरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहित तीन जना विरुद्ध जाहेरी दिएकी छिन्।

महानगरीय प्रहरी परिसर काठमाडौंमा निकिताले मृतक शालिकराम पुडाशैनीको भिडियो किर्ते गरेको भन्दै जाहेरी दिएकी हुन्। उनले श्रेष्ठसहित नेपालआज अनलाइनका सम्पादक संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लविरुद्ध जाहेरी दिएकी हुन्।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गरेको निकिता पौडेलका अधिवक्ता राजेन्द्र सेढाईले जनाएका छन्।

पत्रकार पुडाशैनीको प्रकरणमा न्यूज २४ का कार्यक्रम सञ्चालक लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दैछ। जिल्ला अदालतले अनुसन्धानका लागि दुई पटक म्याद थप गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।