काठमाडौं- नेपाली सेनाले अधिकृत (क्याडेट) तहमा २ सय ५० जनाका लागि आवेदन मागेको छ । भर्ना छनोट निर्देशनालयले बुधबार गोरखापत्रमार्फत एक सुचना जारी गर्दै आवेदन मागेको हो ।
आवेदन आजैदेखि खुल्ला गरिएको छ भने असोज २ गतेसम्म भर्न सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म भर्न सकिने सेनाले जनाएको छ ।
आवदेन दिनका लागि न्यूनतम प्रमाण पत्र तह उत्तीर्ण, ५ फिट ३ इञ्च उचाइ, न्यूनतम ५० किलो वजन र छाति फुलाउँदा ३४ र नफुलाउँदा ३२ (न्यूनतम) हुनुपर्नेछ ।
महिलाको हकमा उचाइ ५ फिट र तौल ४० किलो न्यूनतम हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।