मंगलबार, वैशाख ११, २०८१

प्रहरी हिरासतबाट फरार अभियुक्त पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय धनुषा परिसरबाट फरार भएका करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

बयान लिने क्रममा मुद्दा शाखाबाट फरार भएका सिरहाका राममणी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

गत विहिबार बयान लिने क्रममा फरार भएका यादवसहित पाँचजनालाई प्रहरीले मंगलबार राति सिरहाको माडरस्थित भारतीय सीमाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कील जानकारी दिए ।

यादवका साथै सिरहा औरहीका प्रमेश यादव, ठैगहीका सूर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमानका रामप्रकाश यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

राममणीसँग सुरुदेखि सम्पर्कमा रहेको देखिएपछि यी चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चारैजना जनकपुरस्थित एक निजी कलेजमा ओभरसियरका विद्यार्थी हुन् ।
 
पक्राउ परेका पाँचैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बयान लिने क्रममा प्रहरी हिरासतबाटै राममणी फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले असई राजकुमार भण्डारीलाई निलम्बन गरेको छ ।

भण्डारीले लापरबाही गरेको भन्दै उनलाई निलम्बन गरिएको हो । साथै फरार भएका राममणीलाइ खोज्न तथा घटनाको छानबिन गर्न कार्यालयले डिएसपी कार्कीको नेतृत्वमा पाँच सदस्यीय टोलीसमेत गठन गरेको छ ।

जनकपुर–८ बलबा टोलमा डेरा लिएर बस्दै आएका सिरहाका राममणी यादव बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।