शनिबार, वैशाख ८, २०८१

बुटवल-नारायणगढ सडक खण्ड आज पनि अवरुद्ध

अविरल वर्षापछि आएको बाढीले सडकको पुल भत्किएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक खण्ड आज (शनिबार) पनि अवरुद्ध भएको छ।
 |  शनिबार, भदौ १२, २०७८

विनोद परियार

विनोद परियार

शनिबार, भदौ १२, २०७८

बुटवल- अविरल वर्षापछि आएको बाढीले सडकको पुल भत्किएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक खण्ड आज (शनिबार) पनि अवरुद्ध भएको छ। बुटवल-नारायणगढ सडकखण्डको ठाउँ-ठाउँमा पुल, कल्वर्ट भत्किएपछि शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएको हो। 

triton college

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल-सुनवल खण्डमा मात्रै चार स्थानमा पहिरो र पुल भाँसिएर सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

रुपन्देहीको देवदह नगरपालिका–७ स्थित घोडाहा खोलाको पुल र पश्चिम नवलपरासीको सुनवल नजिकै रहेको तुरीयामायी पुल भाँसिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। त्यसैगरि सुनवल नगरपालिकामा पर्ने राजमार्गका तीन स्थानमा पनि सडक अवरुद्ध छ। 

नेपालका सडक र पुलको ३० टन लोड थेग्न सक्ने क्षमताका रहेको भए पनि ९० टनसम्मको लोड लिएर भारतीय गाडी निर्वाध रूपमा गुड्दा नेपाली सडक र पुल चाडै ध्वस्त हुने गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले बताए।

यस्तै भूमही भैरहवा सडक खण्डअन्तर्गत रुपन्देही र नवलपरासीको सीमा क्षेत्र मौवाखोला पुल पनि क्षतीग्रस्त भएको छ। विशेष गरि नदीहरूमा अनियन्त्रीत तवरले ढुगां, गिटृी, वालुवाको दोहन र ओभर लोड गाडीका कारण पुल समस्यामा परेका हुन्। 

दैनिक हजारौं गाडी ओहोर दोहोर हुने सडक नै अवरुद्ध यात्रुहरूले सास्ती पाएका छन्। सडक पुल नै बेला-बेलामा भाँसिने र भत्किने समस्या दोहिरिएको छ। ओभरलोडसँगै नदी र खोलामा अनियन्त्रीत नदीजन्य पदार्थको दोहनले पुल र सडकको दूराअवस्था हुने गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए। उनका अनुसार राजमार्गको सडक यसरी कमजोर हुनुमा भारतीय ओभरलोड गाडी पनि कारक हुन्। यसमा सरकारले नियम गरेको छैन । 

corrent noodles
Metro Mart

नेपालका सडक र पुलको ३० टन लोड थेग्न सक्ने क्षमताका रहेको भए पनि ९० टनसम्मको लोड लिएर भारतीय गाडी निर्वाध रूपमा गुड्दा नेपाली सडक र पुल चाडै ध्वस्त हुने गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले बताए।

नदीजन्य पदार्थको चरम दोहन र मापदण्ड भन्दा बाहिर गएर नदी जन्य पदार्थ निकाल्नु पनि सडक तथा पुल भाँसिनुको अर्को प्रमुख कारक बनेको छ। नदी र खोला क्षेत्रको बहाव क्षेत्रलाई अतिक्रमण गर्ने तथा अत्यधिक दोहोनले समस्या सिर्जना गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयराज मरासिनीले बताए। 

सडकदेखि ५ सय मिटर दूरी भन्दा टाढाबाट नदीजन्य पर्दाथ निकाल्नु पर्नेमा त्यो पालना नहुँदा पुलका पिल्लर भासिएको प्रमुख मरासिनीले बताए। उनले भासिएका र भत्किएका पुलको मर्मत सम्मार सुरु गरिएको बताए। यसैगरि वर्षापछि आएको पहिरोले रिडि रुद्रवेणी सडक पहिरोले अवरुद्ध भएको छ। अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने सञ्चालनमा आएको छ।

प्रकाशित: Aug 28, 2021| 08:32 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।