शुक्रबार, वैशाख ७, २०८१

कस्तो छ प्रधानमन्त्रीलाई ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
कसैले प्रधानमन्त्रीले डाकेको सर्वदलिय बैठकलाई मुख्य समाचार बनाएका छन् भने कसैले प्रधानमन्त्रीको स्वास्थ्यलाई प्राथमिकताका साथ छापेका छन्। केहिले भने नेकपामा बनेको नयाँ समिकरणप्रति असन्तुष्ट बनेका माधव नेपालले राखेको ७ बुँदे असहमतिलाई मुख्य समाचार बनाएका छन् ।
 
आजको नयाँ पत्रिकाले प्रधानमन्त्रीको अहिलेको स्वास्थ्य अवस्था र सिंगापुरमा गरिन लागेको उपचारको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै नारायणहिटी हत्याकाण्डका प्रत्यक्षदर्शी भान्सेले सिंहदरबारभित्र आत्महत्या गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
 
कान्तिपुर दैनिकले सर्वदलीय बैठकमा प्रधानमन्त्रीको निष्कर्षः राज्य प्रणालीमाथि प्रहार शीर्षकमा मुख्य समाचार छापेको छ ।

यस्तै नेता माधव नेपालले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै बुझाएको असन्तुष्टि पत्रलाई पनि प्राथमिकताका साथ छापेको छ । निजगढ विमानस्थल निर्माण प्रस्ताव: यी हुन् इच्छुक कम्पनी शीर्षकको खबरलाई पनि कान्तिपुरले महत्वकासाथ छापेको छ ।
 
अन्नपूर्ण पोस्ट्ले पनि प्रधानमन्त्री सर्बदलिय बैठक र नेता नेपालले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै दर्ता गरेको असहमतिपत्रको विषयलाई मुख्य समाचार बनाएको छ । नागरिकले नेता नेपालको असन्तुष्टिसँगै अब गुणस्तर परिक्षण गर्न भारत जान नपर्ने शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । 

कस्तो छ प्रधानमन्त्रीलाई ?

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओली उपचारका लागि पुनः सिंगापुर जाँदै छन् । 

नौ दिनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्किएको १० दिनपछि बिहीबार उनी त्यसतर्फ जान लागेका हुन् । 

यसअघि १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री २७ साउनमा फर्किएका थिए । एक हप्ताका लागि गएका उनको बसाइ उपचारकै कारण केही दिन लम्बिएको थियो । 

त्यसो त उपचार भएको नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले अर्को एक साता बस्न भनेका थिए । मिर्गौलामा समस्या देखिएको र नयाँ औषधि चलाएर हेर्नुपर्ने चिकित्सकले बताएका थिए ।

तर, प्रधानमन्त्री ओली देशमा राजनीतिक व्यवस्थापन गर्नुपर्ने भन्दै छिटै उपचारमा फर्किने वचन दिएर चिकित्सकसँग बिदा भएका थिए । ०६४ साउनमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी गरिएकाे छ भने आवश्यक परे मिर्गौला प्रत्यारोपण गर्नेसम्मकाे याेजना बनेकाे छ ।

‘गणतन्त्र जोगाउन’ सर्वदलीय ऐक्यबद्धता

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार के संविधान र गणतन्त्रविरुद्ध नेपथ्यमा ‘षड्यन्त्र’ सुरु भएकै हो त ? प्रधानमन्त्रीको आह्वानमा मंगलबार अचानक बोलाइएको सर्वदलीय बैठकको मूल एजेन्डै त्यही रह्यो । र, संविधान बनाउने शक्तिहरू एकगठ भएर ऐक्यबद्धता जनाए, ‘संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका पक्षमा हामी सधैं, सबै, सँगै छौं।

बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ विषय उठान गरेका थिए– १. प्रणालीकै विरुद्ध आवाज उठ्न थालेका छन्, यो दुस्साहस कहाँबाट कसरी आयो ? २. बढ्दो हिंसाविरुद्ध शान्तिका पक्षमा सरकार एक्लै लड्ने कि विपक्षीले पनि साथ दिनुपर्ने हो ? ३. लोकतन्त्रका आधारभूत सबाल र संविधानलाई बलियो बनाउने विषयमा हामी सबै एक ठाउँ किन नहुने ?

संसद्मा सम्बोधनका क्रममा आइतबार प्रधानमन्त्रीले ‘चिहानमा गई हड्डी फुकेर अब पुरानो व्यवस्था फर्काउँछु नभने हुन्छ’ भन्ने कडा चेतावनी दिएका थिए । त्यसले पुरानो दरबारिया शक्तिको सलबलाहटको संकेत गरेको थियो । दुई दिनमै उनले सर्वदलीय बैठक बोलाएर त्यही परिस्थिति औंल्याए । सहभागी सबै दलका नेताले पनि त्यसलाई गम्भीरतापूर्वक लिएका छन्।

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो।

यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज हुनेछ। यसअघि नेपालको गुणस्तर सर्टिफिकेटलाई मान्यता नदिएर विभिन्न बहानामा भारतले अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विभागले गरेको खाद्य गुणस्तर परीक्षण ‘प्रमाण पत्र’ लाई मान्यता दिन भारतीय पक्ष सहमत भएको बताए। 

‘२० वटा निर्यातजन्य वस्तुमा खाद्य प्रविधिले गरेको ‘सर्टिफाइड सर्टिफिकेट’ लाई भारतले मान्यता दिने भएको छ,’ प्रवक्ता महर्जनले भने, ‘भारतसँग एमओयू गरेपछि यो व्यवस्था औपचारिक रुपमा कार्यान्वयनमा आउँछ।’

नेपाल-भारत संयुक्त आयोगको बैठकमा दुई पक्षबीच एमओयूमा हस्ताक्षर हुने बताइएको छ। उच्चस्तरीय संयुक्त आयोगको पाचौं बैठक बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ। यसै अवसरमा भारत र नेपालका अधिकारीबीच एमओयूमा हस्ताक्षर हुने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।