शुक्रबार, वैशाख ७, २०८१

पोखरी विवाद टुङ्गियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ललितपुर - पुल्चोकस्थित ललितपुर महानगरपालिका कार्यालयको दक्षिणपट्टि रहेको स्थानमा १८ महिनापछि पोखरी निर्माण सुरु गर्ने सहमतिसँगै एक महिनादेखिको पोखरी विवाद टुङ्गिएको छ।
 
महानगरका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकपछि दुबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेसँगै यो विवाद टुङ्गिएको हो । सहमति पत्रमा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सकिएपछि अर्थात सन् २०२१ जनवरी तेस्रो साताबाट उक्त पोखरीको निर्माण सुरु गर्ने उल्लेख गरिएको छ। 

 महानगरका प्रमुख चिरीबाबु महर्जनले पर्यटक भ्रमण वर्ष २०२० लाई लक्षित गरेर यस स्थानमा केही समय पार्किङ नै संचालन गर्न लागेको बताए। उनले भने , ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग पुल्चोक हो, महानगरको अन्यत्र यस्तो खुल्ला ठाउँ छैन, त्यसैले त्यो समयसम्म पार्किङ नै संचालन गर्न लागेका हौं।’ नगरप्रमुख महर्जनले महानगरले पोखरीको ठाउँमा चिरकाल पर्यन्त पार्किङ संचालन गर्ने योजना नबनाएको प्रष्ट पारे।

पार्किङ सञ्चालन भएको स्थान २०२१ सालसम्म पोखरी थियो। त्यहाँ टिकाभैरवदेखि राजकुलोबाट पानी आउँथ्यो। वस्ती विस्तारसँगै राजकुलो मासिँदा त्यो स्थान मैदानमा परिणत भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।