शुक्रबार, वैशाख ७, २०८१

विषादी प्रकरणमा पहिलो पटक भारत झुक्यो : सचिव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले पहिलो पटक भारत विषादी परीक्षण गर्ने विषयमा नेपालसँग झुकेको बताएका छन्। 

मंगलबार आर्थिक पत्रकार समाज (सेजन) सँग व्यापारघाटा न्यूनिकरण सम्बन्धी राष्ट्रिय कार्यायोजना तथा कार्यान्वयनमा पत्रकारको भुमिका सम्बन्धी भएको छलफलमा सचिव अधिकारीले पहिलो पटक भारत विषादीको विषयमा झुकेको बताए। 

उनले भारतले सबैभन्दा बढी नेपालसँग व्यापार गर्ने गरेको भएपनि नेपालको व्यापारमा कहिल्यै पनि सहजीकरण नगरेको स्पष्ट पारे।

उनका अनुसार भारतको सातौं धेरै ठूलो व्यापार हुने देश नेपाल हो। अधिकारीले नेपालले भोगेका समस्याहरुको बारेमा भारत वार्ता गर्न नै चाहदैनथ्यो तर विषादी प्रकरणमा भने भारतले नै आग्रह गरेको उनले जानकारी दिए। भारतले वार्ताको लागि आग्रह गरेको यो नै पहिलो हो।
 
सरकारले गत असार २ गते भारतबाट ल्याइने तरकारी तथा फलफूलमा धेरै विषादी हुने भन्दै परीक्षणविना नेपाल भित्रन नदिने निर्णय गरी लागू गरेको थियो। 

तर, भारतको दबाब र नेपाली मिडियाले नै राष्ट्रिय हितको पक्षमा कुरा नउठाउँदा सरकारले धेरै समयसम्म सो निर्णयलाई टिकाइराख्न नसकेको अधिकारीको गुनासो छ। भारतीय तरकारी तथा फलफूलको विषादी परीक्षण सम्बन्धी सरकारले गरेको निर्णय जनताको हकमा भएपनि सोही अनुसारको रिपोर्टिङ जनतामा नपुगेको उनले बताए। 

‘नेपालको दुई तिहाई भन्दा बढी व्यापार भारतसँगै रहेको र समस्या पनि भारतसँगै रहेको छ। तर भारतले व्यापारको लागि सहजीकरण भने कहिल्यै गर्दैन तर यो विषय नेपाली मिडियाले किन उठाएन ?’ उनले प्रश्न गरे।

विषादी प्रकरणमा नेपाल सरकारको तर्फबाट पनि तयारी कम भएको स्वीकार गर्दै सचिव अधिकारीले उपभोक्ताको हितमा सो निर्णय भएकोले मिडियाले पनि राष्ट्रिय हितमा नै कलम चलाउनुपर्ने धारणा व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्