शुक्रबार, वैशाख ७, २०८१

चरा जस्तै माथि माथि उड्न सिक्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी–  चार वर्षअघि नेपाली सेनामा प्रवेश गर्दा म्याग्दीकी विनिता परियारले कडा तालिम गर्नुपर्ने, हतियार चलाउनु पर्ने र परिआए युद्धमै खटिनु पर्ने बारे सोचेकी थिइन् । तर,  प्याराग्लाइडिङ गर्दै  आकाशमा चराझैं उडुँला भन्ने उनलाई लागेकै थिएन । 

नेपाली सेनाले आयोजना गरेको प्याराग्लाइडिङ पाइलट तालिममा सहभागी सैनिक विनिता भन्छिन, “मैले यसरी खुला आकाशमा उडौंला भन्ने कहिल्यै सोचेकी थिइन।”  उनीजस्तै सैनिकहरु खगिता सिंजाली, अस्मिता खत्री, पुनम भुजेल र मुनामाया जिटी पनि निकै रोमाञ्चित छन् अचेल । 

मुनामाया भन्छिन, “पहिले उडेको हेरेरै रमाइन्थ्यो, अहिले आफैं उड्न पाउँदा झन् रोमाञ्जक अनुभव भइरहेको छ ।"

नेपाली सेनाले साउन १७ गते देखि पहिलोपटक प्याराग्लाइडिङ पाइलट तालिम सञ्चालन गरेको छ । २४ जना सैनिक सहभागी यो तालिममा पश्चिम पृतना शिक्षालयका प्रमुख सेनानी अर्जुन बस्नेतदेखि सिपाहीसम्म  छन् । यही समूहमा छन्, प्याराग्लाइडिङमा स्वर्ण पदक विजेता सागर जलारी समेत। 

उच्च ओहोदाका सैनिक अधिकृतदेखि स्टार खेलाडीसँगै सहभागी यि पाँच महिला सैनिकले निकै राम्रो प्रदर्शन गरिरहेको र अरु जस्तै उत्साहित रहेको तालिम प्रदायक एसियाली प्याराग्याइडिङ एकेडमिका संचालक प्रकाश पोखरेल बताउँछन ।

सैद्धान्तिक कक्षा सक्किएपछि उनीहरु अचेल प्रयोगात्मक अभ्यासको लागि बिहान उदयपुरको बेलकास्थित वोप्ताङ डाँडा पुग्छन् । त्यहाँबाट ग्लाइडरमा उडेर सप्तकोशी किनारको सिसौलि घाटमा ओर्लिन्छन् । 

प्रशिक्षक विजय गौतम भन्छन, “महिला सहभागीहरु पुरुषहरु भन्दा कत्ति कम छैनन्, अझ बढी उत्साह देखिन्छ उनीहरुमा ।”

लक्ष्य २०२०

प्रमुख सेनानी अर्जुन बस्नेतका अनुसार सेनाले भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर आवश्यक जनशक्ति उत्पादन गर्न प्याराग्लाइडिङ पाइलट तालिम सञ्चालन गरेको हो । जसमा ५ जना महिला र १९ जना पुरुष सैनिक छन । 

उनी भन्छन, “नेपाली आकाश प्लाराग्लाइडिङ गर्न सुरक्षित छ, नेपालमा महिला पाइलटहरु पनि पर्याप्त छन् भन्ने सन्देश दिनका लागि पनि हामीले तालिम सञ्चालन गरेका हौं ।”

सेनाका यि पाइलटहरु प्रतिस्पर्धात्मक खेलकुद, प्रशिक्षण, साहसिक पर्यटन र उद्धारका काम पनि सहभागी हुने उनी बताउँछन् । 

एसियन प्याराग्लाइडिङ एकेडमीका संचालक पोखरेलका अनुसार हालसम्म नेपालमा ४ जना महिला पाइलटले लाइसेन्स लिएका छन् भने थप ५ जनाले लिने प्रक्रियामा छन् । त्यस्तै सेनाका बाहेक अन्य २० जना महिलाले पनि विभिन्न ठाउँमा प्याराग्लाइडिङ पाइलट तालिम लिइरहेका छन् । 

पोखरेल भन्छन, “नेपाली सेनाका पाँचजना सहित अब नेपालमा थप २५ महिला पाइलटहरु उत्पादन हुँदैछन । यो उत्पादनले नेपालको साहसिक पर्यटनमा थप योगदान दिनेछ ।”





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।