बिहीबार, वैशाख १३, २०८१

दशैंमा केएनपीले फेरी ल्यायो 'रंगमा दङ्ग' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – जापानको होम पेन्ट केएनपीले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रंगमा दङ्ग” योजना नेपाली बजारमा ल्याएको छ। 

यस योजना अन्तर्गत ग्राहकहरुले केएनपी इम्प्रेसन र एक्सल टोटलको प्रत्येक रु.६०,००० (भ्याट सहित) को खरिदमा एउटा कुपन प्राप्त गर्न सक्नेछन्। यस योजनामा ग्राहकहरुले लक्की ड्र मार्फत बम्परमा १० तोला सुन, १० भाग्यशाली ग्राहकले स्मार्ट फोन र ३ भाग्यशाली ग्राहकले एलईडि टिभि जित्ने अवसर प्राप्त गर्न सक्नेछन्। 

यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत हाते घडी जित्न सक्नेछन्। लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकहरुले KNP <space>  सिरियल नम्बर <space> ग्राहकको नाम टाईप गरी ३४००१ मा एसएमएस गर्न सक्नेछन्।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपी जापानले वातावरण मैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्