बुधबार, वैशाख १२, २०८१

कारबाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – जनकपुर अञ्चल अस्पतालको लापारबाहीले बिरामीको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। जनकपुर अञ्चल अस्पतालको लापरबाहीका कारण उपचार नपाएर २१ वर्षीय युवक कुन्दन झाको मृत्यु भएको भन्दै विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरेका हुन्।

जनकपुरस्थित डेफोडिल्स पब्लिक स्कुलमा कम्प्युटर विषयका शिक्षक झाको आइतबार बिहान जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

विद्यार्थीहरुले शिक्षक झाको मृत्यु घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। अस्पतालले समयमा उपचार नगर्दा उनले अकालमै ज्यान गुमाउनु परेको भन्दै उनीहरुले दोषी चिकित्सकलाई समेत कारबाही हुनुपर्ने बताएका छन्।

विभित्र प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले नगर क्षेत्रको परिक्रमा गरेर जनकपुर अस्पतालसम्म पुगेका थिए।
समान्य ज्वरो र पेट दुखेपछि जनकपुर अञ्चल अस्पतालमा शनिबार राति भर्ना भएका महोत्तरीको पिपरा गाउँपालिका बनौली घर भएका कुन्दनको आइतबार बिहान ज्यान गएको थियो।

समयमा ल्याब रिपोर्ट नदिँदा र चिकित्सकले उपचार नगर्दा कुन्दनको मृत्यु भएको परिवारजनको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।