धनगढी– अछाममा चट्याङ लागेर एकको ज्यान गएको छ ।
साँफेबगर नगरपालिका–११, देविस्थान घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाने क्रममा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो।
सोमबार बेलुका चट्याङ लागेर बोहराको घटनास्थलमै ज्यान गएको स्थानीय रूपकुमार ओडलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनकबहादुर शाहीले बताए।
मृतक बोहराका श्रीमती र दुई छोरी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४