बिहीबार, वैशाख १३, २०८१

'उमराव जान'का संगीतकार खय्याम रहेनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
हिन्दी फिल्म संगीतका सशक्त हस्ताक्षर संगीतकार खय्यामको सोमबार राति निधन भएको छ । 

९२ वर्षीय खय्यामको मुंबईस्थित सुजय अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

‘कभी कभी’, ‘उमराव जान’ जस्ता फिल्ममा उनले दिएको संगीत बेजोड र सदाबहादर छन् । उनले ‘त्रिशूल’, ‘नूरी’, ‘शोला और शबनम’ जस्ता कैयौं सफल फिल्ममा पनि संगीत दिएका थिए । उनको वास्तविक नाम मोहम्मद जहुर हाशमी भए पनि भारतीय संगीत क्षेत्रमा खय्यामका नामले उनी प्रसिद्ध छन् ।
 
भारतीय फिल्म र संगीतमा योगदान गरे वापत उनले संगीत नाटक एकेडमी र पद्म भूषण पुरस्कार पाएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्