काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्।
स्थायी कमिटिमा नपरेपछि असन्तुष्ट बनेका साहले प्रदेश २ को अध्यक्ष पदबाट राजीनामा गरेका हुन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही दिनअघि नै राजीनामा बुझाएका थिए। यद्यपी राजीनमा भने स्विकृत भएको छैन् ।
पार्टीको काममा नेतृत्व तहबाट असहयोग भएको भन्दै नेता साहले राजीनामा बुझाएका छन् । उनले प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको गुनासो गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४