शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि ओलीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठक आह्वान गरेका हुन् । 

लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन मंगलवार अपरान्ह ५ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको बताइएको छ ।

यसअघि गत आइतबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगको टुंगो एक सातामा लगाइसक्ने बताएका थिए। 

प्रधानमन्त्रीले बुधबारका ५ बजेका लागि नेपाल कम्युनष्टि पार्टी (नेकपा) र नेपाली कांग्रेसको बैठक बोलाएका छन् । 

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीबिहीन छन् ।

कुन आयोगको नेतृत्व कुन दल निकटका व्यक्तिलाई दिने विषयमा सहमति जुट्न नसक्दा आयोगमा अहिलेसम्म पदाधिकारी नियुक्त हुन सकेका छैनन् । जसका कारण आयोगको काम अघि बढ्न सकेको छैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।