बुधबार, वैशाख १२, २०८१

रविसँगको बयान सकियो : थप अनुसन्धानका लागि म्याद थपिने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चितवन- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या घटनाका आरोपीसँग बयान लिने क्रम सकिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएर सकेको हो ।

प्रारम्भिक बयानका क्रममा मृतक पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ । कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ ।

बयानमा के भने भनेर खुलाउन नसकिए पनि घटना थप अनुसन्धान गर्नु पर्ने पाटोमा गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनले नेपाल समयसँग भने- 'थप अनुसन्धान आवाश्यक छ । त्यसका लागि तीनै जनाको म्याद थप गरिन्छ ।' 

प्रहरीले अनुसन्धानका लागि तीनै जनालाई थप केहि दिन हिरासतमा राख्नु पर्ने देखिएकाले म्याद थपको तयारी गरेको छ । प्रहरीले आज अदालतसँग म्याद थपका लागि आग्रह गर्ने छ । स्रोतका अनुसार प्रहरीले कम्तिमा ५ देखि १० दिनको म्याद माग गर्ने भएको छ । 

यसअघि गत शुक्रबार अदालतले ५ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेललाई बिहीबार पक्राउ गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।