चितवन– जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
दिनहुँ प्रदर्शन हुन थालेपछि प्रशासनले यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछाने सहितका सञ्चारकर्मीलाई पक्राउ गरेपछि यस विषयमा पक्ष–विपक्षमा प्रदर्शन भएका थिए ।
जिल्ला प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
पत्रकार पुडासैनी गत साउन २० गते नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । यसबारे जिल्ला प्रहरी कार्यालयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४