बुधबार, वैशाख १२, २०८१

प्रधानमन्‍त्री उपचारका लागि फेरि सिंगापुर जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- स्वास्थ्यमा समस्या देखापरेपछि प्रधानमन्त्री केपीशर्मा ओली पुनः सिंगापुर जाने भएका छन् । 

स्रोतका अनुसार उनी यहि भदौ ५ गते बिहीबार स्वाथ्य परिक्षणका लागि सिंगापुर जान लागेका हुन् । केही औषधी सेवन र थप परीक्षणका लागि चिकित्सकले दिएको सुझाव अनुसार उनी सिंगापुर जान लागेको उनको सचिवालय स्रोतले जनाएको छ । 

गत सोमबार मात्रै प्रधानमन्त्री ओली १० दिनसम्म स्वास्थ्य उपचार गराएर सिंगापुरबाट फर्किएका थिए । चिकित्सकहरुले केहि दिन अझै बस्न आग्रह गरेपनि पार्टीको केही काम सक्नैपर्ने भन्दै उनी स्वदेश फर्किएका थिए । 

उपचारपछि उनी स्वदेश फर्किएलगत्तै उनले पार्टीमा लामोसमयदेखि टुंगो लाग्न नसकेका काम टुंग्याएका छन् । पार्टीको सचिवालय बैठक बसी विभिन्न नेताहरुको जिम्मेवारी पनि हेरफेर गरिएको थियो भने विभागलाई पूर्णता दिइएको छ । त्यस्तैगरी जनवर्गीय संगठनको संयोजक र सहसंयोजक पनि बनाइएको छ ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्केपछि आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको बताउँदै चिकित्कसले आफूलाई २०–२५ वर्ष बाँच्ने बताएको धारणा राखेका थिए ।

उनले स्वदेश फर्केपछि ट्विट गर्दै भनेका थिए,“सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु ।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।