शुक्रबार, मंसिर २७, २०७६

बजार

विवाहपञ्चमीको अवसरमा टेलिकमले निःशुल्क सीम बाँड्दै

विवाहपञ्चमीको अवसरमा टेलिकमले निःशुल्क सीम बाँड्दै

जनकपुरधाम- विवाहपञ्चमीको अवसरमा नेपाल टेलिकमले जनकपुरमा निःशुल्क सीमकार्ड वितरण गरेको छ।

शनिबार जनकपुरको देवी चोकस्थित कार्यालयमा टेलिकमले मोबाइल प्रयोगकर्ताहरुलाई निःशुल्क सीमकार्ड वितरण गरेको हो।

शनिबारमात्रै विहान ११ बजे देखि साँझ ५ बजेसम्म १ हजार भन्दा बढी सिम वितरण भएको नेपाल टेलिकम धनुषाका स्टोर ईन्चार्ज विष्णुकुमार झाले जानकारी दिए।

विवाहपञ्चमीको अवसरमा निःशुल्क सीम वितरण गर्ने योजना अनुसार आइतबारसमेत बिहान ९ बजे देखि साँझ ५ बजेसम्म वितरण हुने उनले जनाए।

रामजानकी विवाहपञ्चमीलाई लक्षित गरी दुई दिनको लागि सञ्चालन गरिएको योजनाअनुसार न्यूनतम तीन हजार सीम वितरण गर्ने लक्ष्य रहेको ईन्चार्ज झाले जनाए।

विवाहपञ्चमीमा नेपालको विभिन्न स्थानबाट मेला भर्न आएका तिर्थालुहरुले समेत नेपाल टेलिकमले वितरण गरेको निःशुल्क प्रिपेड सीम लिएको कर्मचारी नरेन्द्र लाल कर्णले बताए।

निःशुल्क सीम वितरण गरेर प्रयोगकर्ताको संख्या बढाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्