शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • इटहरी अस्पतालको लापरबाही : बिरामीलाई खानै नमिल्ने औषधि वितरण

इटहरी अस्पतालको लापरबाही : बिरामीलाई खानै नमिल्ने औषधि वितरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- इटहरी ४ कि ७२ वर्षीया वृद्धा लोकमाया गर्तौलालाई प्रेसरको समस्या छ ।

प्रेसर भएपछि उनले डाक्टरको सल्लाहअनुसार ‘एमलोड ५’ औषधि सेवन गर्न थालिन ।

केही समयपछि उनलाई युरिक एसिडले समेत समात्यो । डाक्टरको सल्लाहअनुसार उनले अब ‘एमलोड ५’ खान मिलेन । उनलाई डाक्टरले ‘लोसाफ ५०’ औषधि खान सल्लाह दिए । उनी त्यही औषधि खान थालिन् ।

आफूले खाँदै आएको औषधि सकिएपछि गर्तौला इटहरी अस्पताल पुगिन् । अस्पतालमा लोसाफ ५० को प्रयोग भएको पत्ता बोकेर पुगेकी गर्तौलाले उक्त औषधि मागिन् । नेपाल सरकारले गराएको ‘स्वास्थ्य बिमा सेवा’ अन्तर्गत उक्त औषधि लिन गर्तौला इटहरी अस्पतालमा पुगिन् ।

मुल दर्ता नम्बर ८५४८ को पुर्जी, ‘पर्जिमालोसाफ ५०’ औषधि र त्यही औषधिको पत्ता लगेर गएकी गर्तौलालाई स्वास्थ्यकर्मीले अर्को औषधि दिए । वृद्धाले फरक आयो भन्दा त्यो खाँदा पनि हुने भन्दै अस्पताल कर्मचारीले औषधि लिन बाध्य पारे ।

दिउँसो तीन बजेपछि अस्पतालबाट घर फर्किएकी गर्तौलालाई औषधिमा चित्त बुझेन । उनले फर्मासिस्टसमेत रहेका आफ्ना छिमेकी अतीत गुरागाँईलाई औषधि देखाइन् । इटहरी अस्पतालमा भएको टेस्ट र दिएको औषधि देखेर गुरागाँई चकित भए ।

‘युरिक एसिड भएको बिरामीले एमलोड ५ खानै मिल्दैन’, गुरागाँईले भने, ‘तर इटहरी अस्पतालले त्यही एमलोड ५ दिएको रैछ ।’ लोसाफ ५० नामक औषधि लिएरै जाँदा पनि अरु सामान्य बिरामीलाई जस्तो गरेर एमलोड ५ दिएर अस्पतालले गल्ती गरेको बताउँछन् गुरागाँई । उनी भन्छन्, ‘हात खुट्टा सुत्रिएर वृद्धालाई आइसीयु लाने खालको प्राणघातक औषधि दिइएछ ।’

अस्पतालले हचुवामा पहिले युरिक एसिड हुनुअगाडि प्रयोग भएको एमलोडको नाम हेरेर औषधि दिएको भन्दै गुरागाँईले भने, ‘सरकारको स्वामित्वमा रहेको इटहरी अस्पतालले औषधिको सामान्य जानकारी नराखी बिरामीको ज्यानमा खेलवाड गरेको देखियो ।’

फर्मासिस्टले औषधि बिभागमा मुद्दा हाल्ने

ब्लड प्रेसर, लिक्वीट प्रोफाइल, युरिया, क्रेटिनिन, युरिनरी रुटिन एक्जामिनेसन टेस्ट गरेको बिरामीलाई गलत औषधि दिएर लापरवाही गरेको ९ वर्षअगाडि डिप्लोमा फार्मेसी गरेका गुरागाँईले बताए ।

गलत औषधि अस्पतालले दिनुमा प्रयोगात्मक परीक्षा दिन आएका सीएमए, अनमिका विद्यार्थीहरूले औषधि दिनु, फार्मेसी पढेको जन शक्ति नहुनु र अस्पतालले लापरवाही गर्नु मुख्य कारण भएको गुरागाँई बताउँछन् । उनी भन्छन्, ‘गतल औषधि दिइएको छ र अब म औषधि व्यवस्था विभागमै गएर उजुरी गर्नेछु ।’

सरकारी फार्मेसीमा गएकोले गल्ती भएको होलाः अस्पताल प्रमुख गुप्ता

इटहरी अस्पतालका कार्यवाहक प्रमुख डाक्टर जितेन्द्र गुप्ताले बिरामीको गल्तीले गलत औषधि परेको हुनसक्ने बताए ।

अस्पतालमा स्वाथ्य बिमा र सरकारी गरेर छुट्टाछुट्टै फार्मेसी भएको र सरकारी फार्मेसीमा गएर सुगरको औषधि मागेकोले यस्तो भएको हुन सक्ने डाक्टर गुप्ताले बताए । ‘दैनिक ४ सय जनासम्म बिरामी हेर्नुपर्ने भएकोले केही समस्या भएको हुन सक्छ’, डाक्टर गुप्ताले भने, ‘प्रेसरको औषधि दिनु न भनेकोले सामान्य रुपमा एमलोड ५ दिएको होला ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।