काठमाडौं- छैठौं एसियन स्कुल टेबलटेनिस च्याम्पियनसिप अन्तरर्गत गल्स र ब्वाइज डबल्सबाट नेपाल बाहिरिएको छ । आइतबार भएको खेलमा नेपाल हङकङ र चाइनसँग पराजित हुँदै प्रतियोगिता बाहिरिएको हो ।
नेपालको प्रतिनिधित्व गरीरहेको आदर्श विद्यया मन्दिर (एभिएम)का संयोग कपाली र बिशाल गोलेले ब्वाइज डबल्समा हङकङका सिह विङ हाङ र साङ टिज सुनसँग ३-१ को सेटमा पराजित भए । ब्वाइज डबल्सतर्फ नै भएको अर्को खेलमा नेपालका रुविन महर्जन र सुजन गदालको जोडीले हङकङका चान मिङ लाई र सु होक लुङको जोडीसँग ३-१ को सेटमा पराजति भए ।
त्यस्तै गल्स डबल्सतर्फ नेपालकी इभाना थापा मगर र बाइन्का राईको जोडीले चिनका डाई लु र जिन जियानको जोडिको सामना गरेका थिए । तर, इभाना र बाइन्काको जोडि चिनिया जोडिसँग ३-० को सोझो सेटमा पराजित भए ।
यस्तै नेपाले टिम इभेन्ट र मिक्स डबल्सबाट पनि बाहिरि सकेको छ । अब भोली (सोमबार) ब्वाइज र गल्स सिङ्गल्सका खेल खेल्ने छन् । प्रतियोगिता भारतको भोडोडारामा १३ अगस्ट देखी २१ अगस्टसम्म संचालन हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४