एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)का प्रशिक्षक थोमस टुचेलले प्रि-म्याच कन्फ्रेन्समा आफ्ना स्टार खेलाडी नेयमारको भविस्यका बारेमा बोलेका छन् । उनले नेयमारको समस्य समाधान नभएसम्म उनी पिएसजमै रहने बताएका हुन् ।
‘नेयमारको समस्या समाधान नभएसम्म उनी मेरो खेलाडी हुन् । मैले बलियो टोली बनाउन चाहेको समय उनलाई टोलीमा समावेश गर्ने छु । र उनी हामीसँगै रहने छन् ।’
प्रशिक्षक टुचेलले भने, ‘उनी महत्वपूर्ण छन् र उनलाई बचाउने प्रयास गर्ने छु । उनी हामीसँग प्रशिक्षणमा रहुन र आफ्नो क्षमता बढाउन भन्ने चाहन्छु । किनकी म उनलाई ९० मिनेटसम्म एक आक्रमक र ड्रिबलिङकासाथ उत्कृष्ट खेलेको हेर्न चाहन्छु ।’
उनेल थपे, ‘नेयमारका बारे अहिलेसम्म कुनै परिवर्तन भएको छैन् । किनकी पिएसजीसँग नेयमारका लागि अझै ३ वर्षे सम्झौता बाँकी नै ।’ प्रशिक्षक टुचेलले आइतबार राती रेनेससँग हुने खेलमा नेयमारलाई टोलीमा समावेश नगर्ने समेत स्पस्ट पारेका छन् । उनले रेनेसको घरेलु मैदानमा हुने खेलमा नेयमारविना यात्रा गर्ने बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४