बुधबार, वैशाख ५, २०८१

ललितपुरमा पर्यटक पार्किङ स्थलको ताल्चा खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ललितपुर- ललितपुर महानगरपालिकाले १८ महिनापछि पलेस्वाः पुखु निर्माणको काम सुरु भएको छ। महानगरले पर्यटकको सवारी साधन पार्किङ स्थलको ढोकामा लगाएको ताल्चा पनि आइतबार खोलेको छ।

ललितपुर महानगरपालिका कार्यालय भवनको दक्षिण पट्टि रहेको करिब पाँच रोपनी जग्गामा नःत्वा सुधार समितिले साउनको १ गतेबाट ताल्चा लगाएको थियो।

असार ३१ गतेसम्म समितिले नै त्यस स्थानमा पार्किङ सञ्चालन गरेको थियो। महानगरले टेन्डर प्रक्रिया मार्फत् आएको समूहलाई पार्किङ सञ्चालनको स्वीकृति दिएपछि समितिले पार्किङ स्थलमा पोखरी नै निर्माण गर्नुपर्ने माग अघि सारेको थियो।

महानगरले आइतबार सार्वजनिक गरेको कार्यक्रमअनुसार आउँदो मङ्गलबार डिपीआर र इआइए कार्य सुरु गर्ने उल्लेख गरिएको छ। महानगरका प्रमुख चिरीबाबु महर्जनले पर्यटक भ्रमण वर्ष २०२० लाई लक्षित गरेर यस स्थानमा केही समय पार्किङ नै सञ्चालन गर्न लागेको बताए।

उनले भने, ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग पुल्चोक हो, महानगरको अन्यत्र यस्तो खुल्ला ठाउँ छैन, त्यसैले त्यो समयसम्म पार्किङ नै सञ्चालन गर्न लागेका हौँ।’ नगरप्रमुख महर्जनले महानगरले पोखरीको ठाउँमा चिरकाल पर्यन्त पार्किङ सञ्चालन गर्ने योजना नबनाएको प्रष्ट पारे।

महानगरले यो विवादलाई संवाद र सहमतिबाट नै टुङ्गोमा पुर्याउन वडा नं ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो। वार्ताको मध्यस्थता ज्यापू समाजले गरेको थियो।

महानगरलाई मासिक ४० हजार रुपैयाँ तिर्ने गरी टेन्डर सम्झौता गरेर उक्त समितिले पार्किङ सुरु गरेको थियो।

उक्त अवधिमा भएको टेन्डर सम्झौताअनुसार प्रत्येक वर्ष निश्चित प्रतिशत बढ्दै जाँदा गत असार मसान्तसम्म ५७ हजार पुगेको थियो। जुन अहिलेको समयमा अत्यन्तै न्युन हो। उक्त पार्किङ स्थलको लागि एक लाख ६१ हजारको टेन्डर प्राप्त भएको छ।

नः त्वाः सुधार समितिको पार्किङ सञ्चालन गर्ने समय अवधि असार मसान्तमा सकिने भएकाले महानगरपालिकाले जेठ १० गते नै टेन्डरको सूचना प्रकाशित गरेको थियो। टेन्डर आव्हान गर्दा उक्त समिति टेन्डरमा सहभागी भएन।

पार्किङ सञ्चालन भएको स्थान २०२१ सालसम्म पोखरी थियो। त्यहाँ टिकाभैरवदेखि राजकुलोबाट पानी आउँथ्यो। वस्ती विस्तारसँगै राजकुलो मासियो। मैदान बनेको पलेश्वाः पुखुः रहेको स्थानमा २०५४ सालमा तत्कालीन उपमहानगरको सक्रियतामा सभाहल बनाउन भन्दै शिलान्याससमेत भएको थियो।

तत्कालीन उपमहानगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभाहल निर्माणका लागि शिलान्यास गरेका थिए। विभिन्न कारणले त्यहाँ सभाहल निर्माण हुन सकेको थिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।