शनिबार, वैशाख ८, २०८१

सेती नदीमा डुबेर बालिका बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- डोटीस्थित सेती नदीमा आइतबार नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन्।

दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दिलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिश्मा नदीमा नुहाउने क्रममा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

आल्के पर्व मनाउन दिपायलस्थित मामाघर गएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बगेकी हुन्। उनको नेपाल प्रहरी, दिपायलस्थित जोगी डाब्रेमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा स्थानीयवासीले खोजी गरिरहेको धामीले जानकारी दिए। 

पानीको बहाव बढी भएको र नदी पनि धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय पिपल्लाका इन्चार्ज प्रहरी नायब निरीक्षक कमलापति पन्तले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।