शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो साधारणसभा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो साधारणसभा सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। लिमिटेडले गत शुक्रबार आफ्नो साधारणसभा सम्पन्न गरेको हो। 

साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले साधारण सभाको अध्यक्षता ग्रहण गरी आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए। कम्पनीका अन्य संचालकमा भरत कुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी तथा सुन्दर प्रसाद कडेल रहेका छन्। 

सो सभाले सञ्चालक समितिको आव. २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आव. २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आव.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर (IPO) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्