एजेन्सी - इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा बर्निललाई २-१ गोलले पराजित गर्दै आर्सनलले लिगमा लगातार दोस्रो जित निकालेको हो ।
आर्सनलको जितका लागि एलेक्सजान्दर लाकाजेट र एमिरिक अउबामेयाङले एक एक गोल गर्दा बर्निलका लागि एसल्य बर्नेसले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा लाकाजेटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले डानी सेबालोसको पासमा गोल गरेका हुन् ।
तर, पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा बनिलका लागि बर्नेसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । पहलो हाफको इन्जिुरी समयमा आर्सनलले गोल गरे पनि अफसाईड कारण रेफ्रीले मान्यता नदिदा खेल पहिलो हाफमा बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा घरेलु टोलीले थप एक गोल गर्ने क्रममा एमिरिकले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए । एमिरिकले पनि डानी सेबालोसको पासमा गोल गरेका थिए । डानी यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा आर्सनल पुगेका थिए । यसजिसँगै आर्सनलले दुई खेलमा ६ अंक जोडेको छ । पराजित बर्निलले भने दुई खेलमा ३ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४