शुक्रबार, वैशाख १४, २०८१

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- बाजुराको त्रिबेणी नगरपालिका र बुढीगंगा नगरपालिका बीचमा रहेको अम्कोटमा पहिरो जाँदा साँफे-मार्तडी सडक अवरुद्ध भएको छ। एक सातादेखि लगातार वर्षा भएसँगै बुढीगंगा नदीमा पानीको मात्रा बढेपछि पहिरो गएको हो। त्रिबेणी नगरपालिका–९ पैमामा पहिरो खसेर बुढीगंगा नदी थुनिँएपछि पहिरो गएको छ।

पहिरोले साँफे–मार्तडी सडक खण्ड एक सातादेखि अवरुद्ध भएको बडीमालिका नगरपालिका– ९ का वडा अध्यक्ष विनोद विकले बताए। ‘सडक अबरुद्ध हुदाँ यातायातका साधन चल्न नसकेपछि यात्रुलाई कठिनाई भएको छ।

लगातारको वर्षासगै आएको पहिरोले द्वारीमा बुढिगंगा नदी थुनिएपछि पहिरोले सडक भत्किएको छ। स्थानीय कासीराम पाध्यायले लगातार पहिरो बढ्दै गएपछि माथिबाट ठूला ढुङ्गा बीचमा आएर अड्किदै जादाँ नदी थुनिएको बताए। गत वर्षदेखि नै पैमा गाँउबाट लगातार पहिरो खसिरहेको छ।

नदी एक छेउतिर गएपछि बुढिगंगा नगरपालिका–१ अम्कोटको तलबाट पहिरो आएपछि साफेँ–मार्तडी सडक खण्ड पहिरोले बगाएको हो।

बडीमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाले पहिरोले सडक अबरुद्ध हुँदा त्यसको बढी मारमा जिल्ला सदरमुकामबासी, बडीमालिका नगरपालिका र पुर्वोत्तर भेगका जनताले खेप्नु परेको बताए।

साँफे–मार्तडी सडक खण्ड गत वर्ष पनि करिब तीन महिना अबरुद्ध भएको थियो।

सडक सँगै बुढीगंगा नदी थुनिएपछि नदी छेउको खेतियोग्य जमिन र झोलुंगे पुल समेत बगाएको छ। पहिरोले नदी साँघुरो बनाउदै गएको छ, जसले गर्दा नदी वरपरको खेत बगाएको छ।

पहिरोको सँगै जोडिएको त्रिवेणी नगरपालिका– ९ पैमा र बुढीगंगा नगरपालिका– १ अमकोटका एक सय बढी परिवार पहिरोको जोखिममा रहेका छन्।

पहिरोको जोखिमका कारण केही परिवार बिस्थापित समेत भईसकेका छन्। अझै बिस्थापित हुने सम्भावना रहेको स्थानीयको भनाइ छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।