बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नारायणकाजी भन्छन् : गुटगत लेनदेनलाई आधार नबनाएर एकजुट होऔं

नारायणकाजी भन्छन् : गुटगत लेनदेनलाई आधार नबनाएर एकजुट होऔं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले पूर्व समूह, गुटगत लेनदेनलाई आधार नबनाएर एकजुट हुन आग्रह गरेका छन्। श्रेष्ठले ट्विट गर्दै पार्टी नीति एवं घोषणापत्रलाई लागु गर्नेगरी सरकारलाई सफल पार्न एकजुट हुन आग्रह गरेका हुन्। एकीकरणका बाँकी काम पुरा गरी एकीकृत संरचनालाइ सक्रिय पार्न, प्रकाशित राजनीतिक प्रतिवेदनका आधारमा बैचारिक- राजनीतिक कार्यदिशालाई एकरुप ढङ्गले प्रशिक्षित गर्न पनि एकजुट आवश्यक रहेको उनले बताएका छन्। 

श्रेष्ठले लेखेका छन्, 'अब हामी एकीकरणको बाँकी काम पुरा गरी एकीकृत सँरचनालाइ सक्रिय पार्न,प्रकाशित राजनीतिक प्रतिवेदनका आधारमा बैचारिक- राजनीतिक कार्यदिशालाई एकरुप ढङ्गले प्रशिक्षित गर्न र पार्टी नीति एवं घोषणापत्रलाई लागु गर्नेगरी सरकारलाई सफल पार्न एकजुट होऔं। पुर्बसमुह, गुटगत वा लेनदेनलाई आधार नबनाऔं।'

सत्तारुढ नेकपाले लामो समयको रस्साकसीपछि केन्द्रीय विभागका प्रमुख, उपप्रमुखको शुक्रबार टुंगो लगाएको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र २ जना कार्यालय सचिवको जिम्मेवारी बाँडफाँट गरेको थियो। त्यसैगरी केही प्रदेश सह इन्चार्ज पनि थपेको थियो। जसमा श्रेष्ठलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।