मंगलबार, वैशाख ११, २०८१

मैलुङ खोला जलविद्युतको आईपिओ निष्कासन

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आईपिओ) आजबाट निष्कासन तथा बिक्री खुल्ला भएको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आईपिओ) आजबाट निष्कासन तथा बिक्री खुल्ला भएको छ। 

triton college

निष्काशन गरिने कूल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारी लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीको आईपिओमा साउन १४ गतेदेखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिनसकिने छ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ।


प्रकाशित: Jul 29, 2021| 08:20 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्