मंगलबार, वैशाख ११, २०८१

चेकपोष्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– काठमाडौंबाट शनिबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले बिहीबार नेकपाले टुङ्ग्याएको केन्द्रीय विभागहरुको जिम्मेवारी बाँडफाँटको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। 

यसै विषयलाई नागरिकले ओलीले एकाएक मिलाए दलको विवाद शिर्षकमा समाचार प्रकाशन गरेको छ भने कान्तिपुरले गाँठो फुक्यो शिर्षक दिएको छ। यस्तै अन्नपूर्णले भने गौतमलाई पदै पद पोखरेललाई स्कुल शिर्षकमा समाचार प्रकाशन गरेको छ।
 
नागरिक दैनिकले नै त्रिपुरेश्वर – नागढुंगा सडक : चेकपोष्ट खण्ड अलपत्र धुलो र खाल्डाले सास्ती शिर्षकमा समाचार प्रकाशन गरेको छ। 

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणको काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट आक्रान्त बनेका छन्। समयमा पिच हुन नसक्दा स्थानीयसँगै यात्रु धुलोको मारमा परेका हुन्।

ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण काम अलपत्र परेको हो। चेकपोस्ट चोकमा फुटपाथको काम नसक्दा सर्वसाधारण खाल्डोमा पर्ने उच्च जोखिम छ ।

सडक निर्माण २०७६ असारमा सक्ने गरी २०७२ सालमा बज्रगुरु/बिरुवा/सिएम जेभी, शर्मा/शैलुङ/कान्छाराम जेभी, लुम्बिनी/शैलुङ/साप जेभी, शर्मा/शैलुङ/कान्छाराम जेभी गरी चार निर्माण व्यवसायी सँग क्रमशः ३९ करोड २९ लाख ६४ हजार, २९ करोड ५५ लाख ३२ हजार, २८ करोड ७९ लाख ९७ हजार र ५४ करोड ६७ लाख ५८ हजारमा ठेक्का सम्झौता भएको थियो। म्याद सकिए पनि अझै काम पुरा हुन सकेको छैन। 

यता काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको प्रवक्ता विश्व विजयलाल श्रेष्ठले त्यहाँकै स्थानीयले घर नभत्काएकाले सडक निर्माण हुन नसकेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।