बुधबार, वैशाख १२, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. जम्मू–कश्मीरले पाउँदै आएको विशेष दर्जा हटाउने भारत सरकारको फैसला उपर आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा चर्चा हुन लागिरहेको छ।  पाकिस्तानले जम्मु–कश्मीर मुद्दालाई राष्ट्रसंघमा छलफल गराउँन माग गर्दै विश्व समुदायलाई पत्र लेखेर बैठकको माग गरेको थियो। 

पाकिस्तानसँग नजिक मानिने सहयोगी मुलुक चीनले परिषदमा बन्द सत्र बैठकमा विचार विमर्श गरेर एउटा ठोस निर्णयमा पुग्नु पर्ने बताउँदै आएको थियो। यस मामिलामा छलफल गर्नका लागि सुरक्षा परिषदको बैठक १० बजे नेपाली समयानुसार राती सवा सात बजे हुने तालिका तय भएको संयुक्त राष्ट्रका एक उच्च अधिकारीले जानकारी दिए।

२. बेलायतले केही समय पहिले बरामद गरी आफ्नो कब्जामा राख्दै आएको ईरानको पेट्रोलियम पदार्थ ओसारपसार गर्ने विशाल तेल ट्यांकर बिना शर्त ईरानलाई फिर्ता दिएको जानकारी ईरानी सरकारले जनाएको छ। 

ईरानी सरकारका प्रवक्ताका अनुसार जिब्राल्टरमा नजरबन्दको स्थितिमा राखिएको आफ्नो तेल ट्याँकरलाई रिहा गराउन ईरानले कुनै प्रकारको लिखित या अलिखित प्रतिबद्धता नगरेको बताएका छन्। 

३. संसारको सबैभन्दा ठूलो द्वीपीय देश इन्डोनेशियाको राजधानी छिट्टै बदलिन सक्ने बताइएको छ। इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले शुक्रवार देशको राजधानी जकार्ताबाट सारेर बोर्नियो द्वीपमा लैजाने प्रस्ताव गरेका छन्। यस द्वीपमा इन्डोनेशिया र ब्रुनाई दुबै देशको साझेदारी रहिआएको छ।

लगातार सामुद्रिक सतह बढिरहेका कारण जकार्ता शहर पनि विस्तारै डुब्दै जाने खतरा रहेको र सन् २०५० सम्म यही गतिमा पर्यावरण क्षयीकरण हुँदै जाने हो भने जकार्ता लगायत इन्डोनिशियाका धेरै टापुहरुले जल समाधी लिनेछन्।   

४. अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प केही न केही कारणले निरन्तर चर्चा रहिरहन चाहने नेता हुन्। यस पटक उनीसँग एउटा अचम्मै खाले घटना जोडीएको छ। उनले हालै दिएको एउटा बयानका कारण चर्चामा छन्।

उनले युरोपको ग्रीनल्याण्ड नै किनिदिने सम्भावना खोजी गरिरहेको बताएका छन्। आफ्ना सल्लाहकारहरुसँग विश्वको ठूला टापुहरुमध्ये गनिने टापु ग्रीनल्याण्डलाई अमेरिकाले किन्न सक्छ कि सक्दैन भनी परामर्श गरेको श्रोतको दाबी छ। 

५. कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्ने विविध प्रयत्न भईरहे पनि उत्तर कोरियाले पुनः क्षेप्यास्त्रको परिक्षण गरेको छ। शुक्रवार एउटा अज्ञात क्षेप्यास्त्र  परिक्षण केन्द्रबाट २ अज्ञात क्षेप्यास्त्र परीक्षण गरिएको सूचना सार्वजनिक भएको छ। उक्त कुरा दक्षिण कोरियाली उच्च सैन्य श्रोतका अनुसार जापान सागर आसपास उक्त परिक्षण गरिएको हो।

६. टर्कीले सिरियाको सुरक्षित क्षेत्रबारे आफ्नो धारणामा कुनै पनि बदलाव नआएको जनाएको छ। टर्कीको रक्षा मन्त्रालयले जनाएअनुसार हाल टर्कीले अमेरिकासँग समन्वय गर्दै त्यसबारे थप जानकारी सही स्थान र समयमा बताइने जनाएको छ। यसका लागि, टर्की आफ्नो निर्णयमा अडिग रहने पनि प्रष्ट्याएको छ। 

७. पाकिस्तानको दक्षिणी शहर क्वेटामा एउटा मस्जिदलाई लक्षित गरी शक्तिशाली विस्फोट गराइएको छ। उक्त घटनामा पाँच जनाले ज्यान गुमाएका छन् भने १५ जना सिकिस्त घाइते भएका छन्। प्रहरीका अनुसार मस्जिदमा शुक्रबारको प्रार्थाना पश्चात उक्त विस्फोट भएको थियो। यो स्थान पाकिस्तानी प्रान्त बलुचिस्तानको प्रान्तिय राजाधानीमा पर्दछ। 

८. म्यानमारमा मनसुनी वर्षाका कारण भएका जल उत्पन्न प्रकोपले ज्यान गुमाउनेको संख्या ६९ पुगेको एउटा तथ्यांकले देखाएको छ। शुक्रवार अपरान्ह सम्मको तथ्यांक सार्वजनिक गर्दै म्यानमारको अग्नी नियन्त्रण सेवाले यस्तो तथ्य सार्वजनिक गरेको हो। म्यानमार बढी पहिरोबाट सबैभन्दा बढी क्षति व्यहोर्ने एसियाली मुलुकभित्र पर्दछ।

९. अफ्रिकी मुलुक सोमालियाको दक्षिणी भू-भाग जुबाल्याण्डमा राष्ट्रसंघ र अफ्रिकी महासंघको संयुक्त शान्ति अभियान जारी छ। शान्ति र स्थिरताका खातिर आउँदो अगस्त २४ मा तय भएको त्यस स्थानको निर्वाचन सम्पन्न गर्न धेरै जोखिमपूर्ण हुने बताइएको छ। राष्ट्रसंघ र अफ्रिकी महासंघका उच्च स्तरीय प्रतिनिधिले धेरै सावधानी अपनाएर मात्रा निर्वाचनमा जाँदा जुबाल्याण्डको दीर्घकालीन हित हुने बताएका छन्।

१०. जर्मनीकी चान्सलर आँगेला मर्केलले भू-मध्यसागरिय क्षेत्रमा विभिन्न मुलुकबाट युरोप शरण लिन आउँने आप्रवासीहरुको जोखीमपूर्ण सामुद्रिक यात्रालाई ध्यानमा राख्दै राज्य तहबाट तिनलाई उद्दार गर्ने संयन्त्र बनाउँन सुझाव दिएकी छन्। त्यस क्षेत्रमा वर्षेनी लाखौं आप्रवासी शरणार्थीहरु आफ्ना मुलुकमा भएका गरीबी, गृहयुद्द प्राक्रितिक प्रकोप आदिबाट बाँच्न जोखिमा मोलेर सामुद्रिक यात्रा गर्न बाध्य छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।