काठमाडौं– संसदमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भनी आलोचना भइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना उपलब्धि सुनाएका छन्।
गण्डकी प्रदेशमा आयोजित आन्तरिक प्रशिक्षणमा आफ्ना उपलब्धिबारे बोल्दै सभापति देउवाले भने, ‘सुशील कोइराला र जीपी कोइराला हस्पिटललाई केन्द्रमा ल्याएरै छाड्यौ। कयौं विधेयकमा संसद घेराउ गर्यौं’
ओली सरकारले नेपालमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै उनले अगाडि भने, “मिडिया काउन्सिल सम्बन्धी विधेयक गम्भीर छ। सरकार आफ्ना प्रतिद्वन्द्वीलाई समाप्त पार्न खोज्दैछ। मानव अधिकार आयोगको स्वतन्त्र हरण गर्न खोज्दैछ ।’
सरकारले नेपाली कांग्रेसको मुलनारा मध्येको चारवटा विषयमाथि पनि प्रहार गरेको देउवाको आरोप छ। स्वतन्त्रता, समानता, न्याय र प्रजातान्त्रिक समाजवादमाथि सरकारले प्रहार गरेको उनको भनाई छ ।
पार्टीको अन्तरिक एकता बलियो हुने दाबी गर्दै देउवाले भने, “अब यही उपचुनावबाट पार्टी एकजुट हुन्छ। पार्टीको महाधिवेशन पनि हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४