बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रवि लामेछानेलाई अदालत लगियो, बाहिर समर्थकको नाराबाजी 

रवि लामेछानेलाई अदालत लगियो, बाहिर समर्थकको नाराबाजी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–  शालिकराम पुडासैनीको आत्महत्यामा नाम जोडिएका टेलिभिजनकर्मी रवि लामिछाने सहित ३ जनालाइ जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।

रवि लामिछाने सहित युवराज कंडेल र अस्मीता कार्कीलाई चितवन प्रहरीले थुनामा राखी अनुसन्धान गर्नका लागि म्याद थप गराउन जिल्ला अदातलमा पेश गरेको हो । 

बिहीबार साँझ काठमाडौको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाट पक्राउ परेका लामिछाने सहित ३ जनालाइ प्रहरीले गए राति २ वजे चितवन पुर्‍याएको थियो ।
 
लामिछानेका समर्थकले  चितवनमा  प्रदर्शन गरेका छन । उनको सर्मथनमा जम्मा भएको भिडले लामिछाने निर्दोष रहेको भन्दै नाराबाजी गरेको छ । 

शालिकराम पुडासैनीले आत्महत्या गर्नु अगाडि तयार पारेको भनिएको एक भिडियोमा पुडासैनीले रवि लामिछाने, युवराज कंडेल र अस्मीता कार्की का कारण आफुले आत्महत्या गर्न बाध्य भएको बताएका छन् । 

माउण्टेन टेलिभिजनमा कार्यरत शालिकराम पुडासैनी को शव चितवन प्रहरीले  साउन २० गते  स्थानीय कंगारु गेस्ट हाउसको कोठा नम्बर २०२ मा झुण्डिएको अबस्थामा फेला परेको थियो। 

पुडासैनीको पोस्टमार्टम रिपोर्ट तथा डिजिटल ल्याव परिक्षणको रिपोर्ट बिहीबार चितवन पुर्‍याइएको छ । 

उक्त रिपोर्ट पाएसंगै चितवन प्रहरीले तीनै जनालाई गिरफ्तार गरेको हो ।

मुलुकी अपराध ९संहिता० ऐन,२०७४ ले आत्महत्याका लागि कुनै पनि प्रकारको दुरुत्साहनलाई फौजदारी कसुर मानेको छ। यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।