काठमाडौं- भारतको भोडोडारामा जारी युटिटी छैठौं एसियन स्कुल टेबलटेनिस च्याम्पियनसिपको टिम इभेन्टबाट नेपालको प्रतिनिधित्व गरीरहेको आदर्श विद्यया मन्दिर (एभिएम) बाहिरिएको छ । शुक्रबार भएको टिम इभेन्ट अन्तर्गत एभिएम लिगबाट नै बाहिरिएको हो ।
व्बाइज टिम इभेन्टमा नेपालका संयोग कपाली भारतका चित्राक्ष भट्ट र थाइल्यान्डका क्वान्डानाईसँग समान ३-० को सेटमा पराजित भए । त्यस्तै बिशाल गोले भारतका आकास पाल र थाइल्यान्डका पोरापटसँग समान ३-० को सेटमा पराजित भए। सुजन गदाल भारतका तमल बल्लभसँग ३-० को सेटमा जराजित हुँदा रुविन महर्जन थाइल्यान्डका पुन्नाटसँग ३-० को सेटमा पराजित भए ।
टिम इभेन्टकै गल्सतर्फ नेपालकी इभाना थापा मगर इन्डोनेसियाकी ड्वी ओक्ताभियानी, हङकङकी तुङ ली चेउक र थाइल्यान्डकी पोम्कानोकसँग समान ३-० को सेटमा पराजित भइन् । त्यस्तै नेपालकी बिएन्का राई थाइल्यान्डकी नानापट कोलासँग ३-१, हङकङकी चु फुङ वाइसँग ३-० र इन्डोनेसियाकी मेड सिस्कासँग ३-२ को सेटमा पराजित भइन् ।
समिरा श्रेष्ठ थाइलयान्डकी नत्या, हङकङकी तुङ वान होङ र इन्डोनेसियाकी आना दुङगिओसाग समान ३-० को सेटमा पराजित भइन् । प्रतियोगितामा नेपाल सहित, आयोजक भारत, चाइना, इन्डोनेसिया, हङकङ, युएई, थाइल्यान्ड र बंगलादेश गरी आठ राष्ट्रको सहभागिता रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४