शनिबार, वैशाख ८, २०८१

ओलीको अवस्था सामान्य, सचिवालय बैठक आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको छ। बिहीबार ज्वरो आएपनि अहिले भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।

ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठिक रहेको बताए। उनले सञ्चार माध्यमले भनेजस्तो प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभएको पुष्टि गरे। 

ओली बिरामी भएपछि बिहीबार बस्न नसकेको नेकपाको सचिवालय बैठक आज (शुक्रबार) का लागि बोलाइएको छ। पार्टीका विभाग, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, एकीकरणको बाँकी कामलगायत विषयमा छलफल गर्न बालुवाटारमा सचिवालय बैठक बोलाइएको हो। नेकपामा स्कुल विभाग विवादमा छ। यसमा सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गरेका छन्। 

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। बैठक विभिन्न कारण सर्दै आएको छ। सचिवालयको बैठक यसअघि साउन १३ गते बसेको थियो। यसअघि साउन २८ र २९ गते बोलाइएको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।