मंगलबार, वैशाख ११, २०८१

कर्णाली प्रदेशका भौतिक मन्त्री खत्री बर्खास्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत - कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन्। बैंक कसुरसम्बन्धी फौजदारी अभियोग लागेपछि खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार राती पदमुक्त गरेका हुन्।

उच्च अदालत पाटनले खत्रीलाई बैंक कसुरमा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएपछि मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) वमोजिम पदमुक्त गरेका हुन्। पदमुक्त गरी तत्कालका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय आफैंले सम्हाल्ने निर्णय उनले गरेका छन्। पदमुक्त गरिएको निर्णय प्रदेश प्रमूख दुर्गाकेशर खनाललाई जानकारी गराइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवबिक्रम बुढाथोकीले जानकारी दिए।

गएको सोमबार उच्च अदालत पाटनले सरकारवादी फौजदारी मुद्दामा खत्रीलाई वयानका लागि पक्राउ गरी अदालतमा हाजिर गराउन आदेश गरेको थियो। उनीमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दा चलेको छ। न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अभियुक्तको वयान अनुसार खत्री प्रदेश मन्त्री पदमा बहाल नै रहेको भए तीन दिनभित्र वयानका लागि उपस्थित गराउन आदेश जारी गरेको थियो।

कृषि विकास बैंकको नक्कली बैंक ग्यारेण्टी बनाएर पेश गरेको पाइएपछि खत्रीसहित पाँच जनाविरुद्ध बैंकिङ कसुर मुद्दा चलाइएको थियो। खत्रीसहितको टोलीले कृषि विकास बैंकबाट जारी ग्यारेण्टी पत्र एउटा ठेक्काका क्रममा जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेका थिए। 

सन् २०१६ जुन १० र सन् २०१६ को नोभेम्बर ४ का दुई वटा बैंक ग्यारेण्टी कृषि विकास बैंकबाट जारी नभएको पाइएको छ। उक्त ग्यारेण्टी पत्र नक्कली भएको बैंकले पुष्टी गर्दै कारबाही प्रक्रियाका लागि जाहेरी दिएको थियो। अदालतले सोही मुद्दाका प्रतिवादीमध्ये छविलाल ढकाल, रणधीर तुम्बा र देवजङ्ग शाहीलाई जनही ६ लाख रूपैयाँ धरौटीमा राख्न आदेश दिएको छ। खत्री भने हालसम्म फरार रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।